वायु प्रदुषण : पुरुषको प्रजनन् क्षमतामा असर


प्रकाशित मिति : कार्तिक २२, २०७८ सोमबार

बढी प्रदुषण भएको ठाउँ पुरुषका लागि धेरै घातक हुने एक अनुसन्धान पत्ता लागेको छ । वायु प्रदुषणका कारण विभिन्न प्रकारका रोगहरु लाग्ने गर्छ । तर, यसले पुरुषको प्रजनन् क्षमतामा पनि असर पार्छ । वायु प्रदुषणले मस्तिष्कमा पीडा पैदा गर्ने र शुक्रकिटको संख्या प्रभावित गर्छ ।  तर, यसअघि पनि तातो हावाले शुक्रकिटमा असर पार्ने खुलेको थियो ।

प्रदुषित हावामा सास फेर्दा पुरुषका लागि खतरनाक साबित हुन सक्छ । पुरुषमा बच्चा बनाउने क्षमतामा पनि कमि आउँछ । तनावपूर्ण स्थितीमा मस्तिष्कसँग प्रजनन् अंगको सीधा सम्बन्ध हुन्छ । जसले प्रजनन् क्षमतालाई असर पार्छ । र शुक्रकिटको संख्यामा कमि आउँछ । वायु प्रदुषणको असर मस्तिष्कमा पर्ने भएकाले शुक्रकिटमा पनि असर पर्छ ।

अनुसन्धान प्रमुख तथा युएमएसओएममा मेडिसिनका सहायक प्रोफेसर जेकाग यिगले वायु प्रदुषणले प्रजनन् क्षमतामा ह्रास ल्याउने बताए । मेडिसिनमा एमडी प्रोफेसर तथा युएमएसओएममा कार्डियोलोजी रिसर्चका निर्देशक चाल्र्स होंगका अनुसार वायु प्रदुषणले मधुमेह, रक्तचाप, मुटुसम्बन्धी रोगहरु पैदा गर्छ । यस्तै, प्रदुषणले मस्तिष्कमा पीडा पैदा गर्ने र जसको सीधा असर प्रजनन् क्षमतामा पर्ने उल्लेख गरेका छन् । एजेन्सी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com