थप १८३ जनामा कोरोना सङ्क्रमण,आठ हजारभन्दा बढी सक्रिय सङ्क्रमित


प्रकाशित मिति : कार्तिक १९, २०७८ शुक्रबार

पछिल्लो २४ घण्टामा थप १८३ जनामा कोभिड–१९ का सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ३०७ जनाको पीसीआर परीक्षण गर्दा १७४ जना र दुई हजार ५३७ जनाको एन्टिजेन परीक्षणमा नौ जना गरी जम्मा १८३ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै कोरोना सङ्क्रमितको कूल सङ्ख्या नौ लाख चार हजार ८०४ पुगेको छ ।

थप ६५९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म सात लाख ९४ हजार ४३८ जना सङ्क्रमणमुक्त भएका हुन् । कारोना निको भएको दर ९७ दशमलव छ प्रतिशत रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा दुई सङ्क्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ४३८ पुगेको छ ।

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या आठ हजार ४१३ रहेका छन् । जसमध्ये सात हजार ७६३ होम आइसोलेशनमा रहेका छन् भने ६५० संस्थागत आइसोलेशनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २०० जना आईसीयू र ५५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com