कोरोनाबाट थप ११ जनाको मृत्यु, तीन जिल्लामा सङ्क्रमण शून्य


प्रकाशित मिति : कार्तिक १६, २०७८ मंगलबार

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ४६९ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा १० हजार २८७ मा कोरोना परीक्षण गर्दा ४६९ सङ्क्रमित थपिएका हुन् ।

सोमबार ५३३ जनामा सङ्क्रमण देखिएको थियो । देशभर सक्रिय सङ्क्रमित नौ हजार १७४ रहेका छन् । नेपालमा सङ्क्रमण दर १८.३ प्रतिशत पुगेको छ । पाँच सयभन्दा बढी सङक्रमित भएका जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुर तथा २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला १० रहेका छन् ।

तीन जिल्लामा शून्य सङ्क्रमण

यसैगरी सङ्क्रमति शून्य रहेका जिल्लामा मनाङ, हुम्ला र मुगु छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५५५ जनाले कोरोना भाइरसको सङ्क्रमणबाट स्वास्थ्य लाभ गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

योसँगै अहिलेसम्म नेपालमा सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या सात लाख ९२ हजार ८३२ पुगेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७.५ प्रतिशत रहेको छ ।

यसैगरी आज कोरोना सङ्क्रमणबाट ११ जनाको निधन भएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ४२७ को निधन भएको छ ।

मङ्गलबार ८० हजार ८१८ ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । नेपालमा अहिलेसम्म ८६ लाख ७९ हजार १९८ ले पहिलो मात्रा र ७३ लाख २४ हजार ९२९ ले पूर्ण मात्रा खोप लगाएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com