नेपालका ५ चाड समेटिएको जसवन्त देव श्रेष्ठको बृत्तचित्र डिस्कभरी च्यानलले प्रिमियर गर्ने


प्रकाशित मिति : कार्तिक १६, २०७८ मंगलबार

नेपालका विभिन्न पाँचवटा चाडपर्वहरु समेटेर ५ भागमा निर्माण गरिएको जसवन्त देव श्रेष्ठको बृत्तचित्र विश्वचर्चित डिस्कभरी च्यानलले प्रिमियर गर्ने भएको छ । डिस्कभरी एसिया च्यानलले श्रेष्ठले निर्माण र निर्देशन गरेको बृत्तचित्र फेष्टिवल्सको पाँचवटा भाग प्रशारण गर्ने घोषणा गरेको छ । श्रेष्ठ एमि अवार्डको नोमिनेशनमा परेका तथा विभिन्न अवार्डहरु जितेका अमेरिका निवासी नेपाली मूलका कलाकार हुन् ।

जसवन्त देव श्रेष्ठ

अमेरिकाको लस एन्जलसमा रहेको क्रियटिभ हाइट्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको यो बृत्तचित्र १७ वटा एसियाली मुलुकमा प्रशारण हुनेछ । यो कम्पनीको ब्यानरमा निर्मित सामाग्रीहरुले विभिन्न अवार्डहरु जित्न सफल भएका छन् भने एमी अवार्डको नोमिनेशनमा समेत परेको छ ।

डिस्कभरी एसियामार्फत यो बृत्तचित्र सिंगापुर, ताइवान, थाइल्याण्ड, अफगानिस्तान, बु्रनाई, कम्बोडिया, हङकङ, इन्डोनेशिया, लाओस, मकाओ, मलेसिया, मंगोलिया, मरिसस, म्यानमार, पपुवा न्यु गिनी, शेशेल्स र फिलिपिन्समा हेर्न सकिने भएको छ । बृत्तचित्र नोभेम्बर १७ देखि हरेक बुधबार पाँचसातासम्म प्रशारण हुनेछ । थाइल्याण्डको समय अनुशार बुधबार बेलुका ८ बजे बृत्तचित्र प्रशारण गरिने जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालका सांस्कृतिक महत्वका पर्वहरु समेटिएको यो बृत्तचित्रमा दशैं, तिहार, सरस्वती पूजा, गाइजात्रा र महाशिवरात्रीलाई फिचर गरिएको छ । प्रत्येक भागमा छुट्टा छुट्टै पर्वको बारेमा रहेको यो बृत्तचित्र निर्माण गर्न तीनबर्ष लागेको श्रेष्ठले जानकारी दिए ।

डिस्कभरी एसिया च्यानलसँग सहकार्य गर्न पाएकोमा आफूहरुलाई गर्व लागेको र यो बृत्तचित्र आफ्नो हृदयको एकदमै नजिक रहेको श्रेष्ठले बताए । उनले भने यो मेरो देशका लागि एउटा न्यानो प्रेमपत्र हो । यो बृत्तचित्रले नेपालको सांस्कृतिक सम्पदा र पर्यटनको प्रवद्र्धनमा मद्दत गर्ने अपेक्षा छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com