निर्जला एकादशीमा बुढानिलकण्ठ दर्शन (२२ तस्विर)


प्रकाशित मिति : जेष्ठ २२, २०७४ सोमबार

आज निर्जला एकादशी  । आजको बिहानी बुढानिलकण्ठको दर्शनबाट सुरु गर्नुहोस् ।

हिन्दू धर्ममा एकादशीको व्रतले महत्वपूर्ण स्थान राख्दछ । प्रत्येक वर्ष चौबीस एकादशिहरू हुन्छन् । अधिकमास अथवा मलमास परेको वर्ष यो संख्या बढेर २६ हुन जान्छ । ज्येष्ठ मासको शुक्ल पक्षको एकादशीलाई निर्जला एकादशी भनिन्छ । यस दिनमा नेपाल र भारत लगायत विभिन्न मुलुकहरूमा बसोवास गर्ने हिन्दू धर्मावलम्बीहरूले व्रत राखेर पर्वको रुपमा मनाउने गर्दछन् । यस व्रतमा पानी समेत पिउँनु वर्जित छ यसैले यसलाई निर्जला एकादशी भनिन्छ ।

कथा

जब सर्वज्ञ वेदव्यासले पाण्डवहरूलाई चारै पुरुषार्थ- धर्म, अर्थ, काम र मोक्ष दिने एकादशी व्रतको संकल्प गराए तब महाबली भीमले निवेदन गरे- हे पितामह! तपाईंले त प्रति पक्ष एक दिनको उपवासको कुरा भन्नुभयो । म त एक दिन त के एक समय पनि भोजन विना रहन सक्दैन- मेरो पेटमा ‘वृक’ नामको जो अग्नि छ, त्यसलाई शान्त राख्नको लागि मलाई कैयों मान्छेको बराबर अथवा कैयों पटक भोजन गर्नु पर्दछ । के म आफ्नो यस भोकका कारण म एकादशी जस्तो पुण्यव्रत बाट बाँच्न सकुँला ?

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पितामहले भीमको समस्याको समाधान गर्दै उनको मनोबल बढाउँदै भने- नाही कुन्तीनंदन, धर्मको यही त विशेषता छ कि यो सबैलाई धारण नै गर्दैन, सबैलाई योग्य साधन व्रत-नियमहरूको निकै सहज र लचिलो व्यवस्था पनि उपलब्ध गराउँछ । अतः तिमी ज्येष्ठ मासको शुक्ल पक्षको निर्जला नामको एक मात्र एकादशीको व्रत गर र तिमीलाई वर्षका समस्त एकादशिहरूको फल प्राप्त हुनेछ । निःसंदेह तिमी यस लोकमा सुख, यश र प्राप्तव्य प्राप्त गरी मोक्ष लाभ प्राप्त गर्नेछौ ।

यती आश्वासनमा त वृकोदर भीमसेन पनि यस एकादशीको विधिवत व्रत गर्नलाई सहमत भए । यसैले वर्ष भरका एकादशिहरूको पुण्य लाभ दिने यस श्रेष्ठ निर्जला एकादशीलाई पाण्डव एकादशी या भीमसेनी एकादशी पनि भनिन्छ । यस दिन जो स्वयं निर्जल रहेर ब्राह्मण या जरूरतमंद व्यक्तिलाई शुद्ध पानीले भरेको घडा साथ दान गर्दछ त्यसले यस लोकमा सम्पूर्ण सुख प्राप्त गरेर परलोकमा स्वर्गको आनन्द भोग्दछ ।

अर्को कथा

एक पटक महर्षि व्यास पाण्डवहरूको यहाँ आए । भीमले महर्षि व्यासलाई भने, भगवान! युधिष्ठिर, अर्जुन, नकुल, सहदेव, माता कुन्ती र द्रौपदी सबै एकादशीको व्रत गर्दछन् र मलाई पनि व्रत राख्न भन्दछन् परन्तु म खाए बिना रहन सक्दैन यसैले चौबीस एकादशीहरूमा निरहार रहने कष्ट साधना बाट बचाएर मलाई कुनै यस्तो व्रत बताउनुस् जसलाई गर्नमा मलाई विशेष असुविधा न होस् र सबैका फल पनि मलाई मिलुन् । महर्षि व्यास जान्दथे कि भीमको पेटमा बृक नामक अग्नि छ यसैले अधिक मात्रामा भोजन गर्दा पनि उनको भोक शान्त हुँदैन । महर्षिले भीमलाई भने तिमी ज्येष्ठ शुक्ल एकादशीको व्रत राख्ने गर । यस व्रतमा स्नान आचमनमा पानी पिउँनुमा दोष हुँदैन, यस व्रत बाट अन्य त्याइस एकादशीहरूको पुण्यको लाभ पनि मिल्नेछ, तिमी जीवन पर्यन्त यस व्रतको पालन गर । भीमले ठुलो साहसका साथ निर्जला एकादशी व्रत गरे, जसको परिणाम स्वरूप प्रातः हुँदै उनी सज्ञाहीन भए तब पाण्डवहरूले गंगाजल, तुलसी, चरणामृत प्रसाद, दिएर उनको मुर्छा दुर गरे । यसैले यसलाई भीमसेन एकादशी पनि भनिन्छ ।

विधान
यो व्रतलाई नर नारीहरू दुबैले गर्नुपर्छ जलपानको निषेध भए पनि फलहारको साथमा दूध लिन सकिन्छ यस दिन निर्जल व्रत गर्दै शेषशायी रूपमा भगवान विष्णुको अराधनाको विशेष महत्व छ । यस दिन ॐ नमो भगवते वासुदेवायः मन्त्रको जप गरेर गोदान, वस्त्र दान, छत्र, फल आदिको दान गर्नुपर्छ ।

सबै तस्विर :  किशोर पन्थी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com