अमेरिकी पासपोर्टको आवेदन शुल्क बृद्धि, डिसेम्बर २७ अगाडि आवेदन दिनेलाई पूरानै शुल्क


प्रकाशित मिति : कार्तिक १२, २०७८ शुक्रबार

अमेरिकी पासपोर्ट

अमेरिकी सरकारको विदेश मन्त्रालयले डिसेम्बर २७ देखि लागु हुनेगरी पासपोर्टको आवेदन शुल्क बृद्धि गरेको छ । पासपोर्ट शुल्क ११० डलरबाट १३० डलर बनाइएको अन्तिम सुचना फेडरल रजिष्टरमा प्रकाशित गरिएको छ । यो शुल्कबृद्धि समग्रमा १८ प्रतिशत रहेको जनाइएको छ । सुरक्षा शुल्क भने ३३ दशमलव ३३ प्रतिशत बृद्धि भएको छ ।

पासपोर्ट सुरक्षा शुल्कका नाममा उक्त शुल्कबृद्धि गरिएको हो । अहिलेसम्म यो शुल्क ६० डलरमात्र रहेकोमा ८० डलर बनाइएको छ । जस अनुशार आवेदकले अमेरिकी पासपोर्टका लागि आवेदन दिंदा अहिलेसम्म ११० डलर तिर्दै आएकोमा अब १३० डलर हुनेछ ।

पासपोर्ट आवेदन स्वीकार गर्ने केन्द्र वा एजेन्सीले छुट्टै ३५ डलर समेत लिने गर्छन् । जस अनुशार पहिलोपटक पासपोर्ट आवेदन दिने बयस्कले १६५ डलर तिर्नुपर्नेछ । पासपोर्ट कार्ड समेत लिन चाहनेहरुले अतिरिक्त शुल्क तिर्नुपर्छ । पासपोर्ट नविकरणका लागि पनि अहिलेसम्म ११० डलर रहेकोमा डिसेम्बर २७ पछि १३० डलर तिर्नुपर्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै बालबालिकाहरुका लागि पासपोर्ट आवेदन दिंदा ८० डलरमात्र लाग्दै आएकोमा अब १०० डलर शुल्क तिर्नुपर्नेछ । शुल्कबृद्धिबाट बार्षिक रुपमा सरकारलाई थप ३१८ मिलियन डलर आम्दानी हुने अपेक्षा गरिएको छ । आर्थिक बर्ष २०२२ मा झण्डै १६ मिलियन पासपोर्ट जारी हुने अपेक्षा गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com