कोभिड–१९ बाट अति प्रभावित देशहरू मध्ये अमेरिका पहिलो, दोस्रोमा छिमेकी देश


प्रकाशित मिति : कार्तिक १२, २०७८ शुक्रबार

जोन हप्किन्स विश्वविद्यालको अध्ययनका आधारमा सिन्ह्वाले कोभिड–१९ बाट अति प्रभावित देशहरूको पछिल्लो अपडेट सार्वजनिक गरेको छ ।
जसअनुसार–
देश सङ्क्रमितको सङ्ख्या
विश्व २४५,५०३,८७९
अमेरिका ४५,८२६,०९८
भारत ३४,२३१,८०९
ब्राजिल २१,७८१,४३६
बेलायत ८,९७८,४४३
रूस ८,२६०,०४५
टर्की ७,९६१,५०५
फ्रान्स ७,२४८,२८५
इरान ५,८९९,५०९
अर्जेन्टिना ५,२८६,०७४

भारतमा कोरोना सङ्क्रमितको कूल संख्या तीन करोड बढी

भारतमा गएको २४ घण्टामा १४ हजार ३८४ जना कोरोनाका सङ्क्रमति थपिएपछि कूल सङ्क्रमितको संख्या तीन करोड ४२ लाख ४६ हजार १५७ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

सोही अवधीका कोरोना सङ्क्रमणबाट ८०५ जनाको मृत्यु भएपछि यस रोगबाट ज्यान गुमाउनेको कूल संख्या चार लाख ५७ हजार १९१ पुगेको छ । एकै दिनमा कोरोनाबाट ज्यान गुमाएका यी व्यक्तिहरुमा ७०८ जना केरला राज्यका रहेका छन् ।

हाल भारतमा एक लाख ६१ हजार ३३४ जना सक्रिय सङ्क्रमित रहेका छन् । भारतमा कोरोना शुरु भएदेखि तीन करोड ३६ लाख २७ हजार ६३२ जना व्यक्ति कोरोना मुक्त भएका छन् । गत २४ मात्र १३ हजार १९८ जना कोरोना मुक्त भएका पनि समाचारमा जनाइएको छ । एजेन्सी

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com