बाइडेन प्रशासनले तोक्यो कागजपत्रविहिनलाई पक्राउ गर्न नमिल्ने संवेदनशील स्थानको सुची


प्रकाशित मिति : कार्तिक ११, २०७८ बिहीबार

बाइडेन प्रशासनले कागजपत्रविहिनलाई पक्राउ गर्न नमिल्ने संवेदनशील स्थानको सुची विस्तार गरेको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी अलेहान्द्रो मेयरकासले आइस र सीबीपीका अधिकारीहरुले कागजपत्रविहिनलाई पक्राउ गर्न नसक्ने स्थानहरुको सुची विस्तार गरेका हुन् ।

आइसका अधिकारी र अन्य अध्यागमन कानून कार्यान्वयन अधिकारीहरुलाई विद्यालय र अस्पतालबाट कागजपत्रविहिनहरुलाई पक्राउ गर्न लामो समयदेखि रोक लगाइदै आएको थियो । तर मेयरकासले यसमा विस्तार गरेर घरेलु हिंशा आवास, खाद्य बैंक, प्रकोप उद्दार केन्द्रहरु लगायतका स्थानबाट पनि पक्राउ गर्न नमिल्नेगरी विस्तार गरेका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै चर्च, र्याली, प्रदर्शन र परेडबाट पनि पक्राउ गर्न नमिल्ने नीति जारी गरिएको छ । विवाहस्थल, दाहसंस्कार र अन्य धार्मिक पठनपाठन हुने स्थलबाट समेत कागजपत्रविहिनलाई पक्राउ गर्न बन्देज लगाइएको छ । अधिकारीहरुलाई कुन स्थल संवेदनशील रहेको र कुन नरहेको भन्ने सन्दर्भमा थप तजविज अधिकार प्रयोग गर्न समेत निर्देशन दिइएको छ ।

नयाँ नीतिको आप्रवासी अधिकारकर्मीहरुले स्वागत गरेका छन् । तर अधिकारीहरुलाई तजविज अधिकार दिंदा त्यसको दुरुपयोग हुनसक्ने चिन्ता समेत व्यक्त गरिएको छ । दुरुपयोग पत्ता लगाउन र सम्बोधन गर्नका लागि बाइडेन प्रशासनले थप कदमहरु चाल्न आवश्यक भएको अधिकारकर्मीहरुको भनाई छ ।

यसअगाडि मेयरकासले कार्यस्थलमा कागजपत्रविहिन कामदारलाई पक्राउ गर्नका लागि सामुहिक छापा नमार्न इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आईसलाई निर्देशन दिएका थिए ।  वर्क परमिट नभएकाहरुलाई काममा लगाएर फाइदा लिने रोजगारदातालाई खोज्नमा बाइडेन प्रशासनले ध्यान केन्द्रीत गर्ने मेयरकासले बताएका थिए ।

दुब्र्यवहारपूर्ण वा शोषणपूर्ण श्रमको शिकार भएका वा साक्षी भएका कागजत्रविहिनलाई देशनिकाला हुनबाट संरक्षण प्रदान गर्ने विकल्पहरुबारे विचार गरिरहेको मेयरकासले आइसलाई पठाएको मेमोमा उल्लेख गरिएको थियो । वर्क परमिट नभएका अनाधिकृत कामदारलाई शोषण गर्ने, गैरकानूनी गतिविधि गर्ने र असुरक्षित कामका शर्तहरुसहित काममा लगाउने रोजगारदाताका गतिविधि सह्य नहुने मेयरकासले स्पष्ट पारेका थिए ।

क्लीन्टनको पालामा श्रमबारे उजुरी गरेका कागजपत्रविहिन कामदारलाई देशनिकाला नगर्न प्रशासन सहमत भएको थियो । ओबामा प्रशासनले पनि कायैस्थलमा छापा मार्नुको साटो कागजपत्रविहिनलाई पहिचान गर्नका लागि अडिटमा भर परेको थियो ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले आइस, युएससीआईएस र सीबीपी लगायतका निकायलाई आप्रवासी कामदारमाथि रोजगारदाताको दुव्र्यबहारपूर्ण व्यवहारलाई सम्बोधन गर्न ६० दिनभित्र योजना निर्माणका लागि निर्देशन दिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com