अमेरिकाबाट नेपाललाई प्राप्त फाइजर खोपबारे जान्नुपर्ने कुरा, कस्ले लगाउने? कस्ले नलगाउने?


प्रकाशित मिति : कार्तिक १०, २०७८ बुधबार

अमेरिकाले नेपाललाई कोभ्याक्स सुविधामार्फत प्रदान गरेको फाइजर खोप नेपालमा १२ बर्षमाथिका दीर्घरोगीहरुलाई उपलब्ध गराइने भएको छ । अमेरिकाले नेपाललाई १ लाख ६ सय २० डोज फाइजर खोप प्रदान गरेको हो ।

कुन उमेर समुहले लगाउन सक्छन् ?

फाइजर खोप अमेरिकामा १२ बर्षभन्दा माथिका व्यक्तिलाई लगाउन स्वीकृत गरिएको छ । यो खोप २१ दिनको अन्तरमा २ डोज लगाउनुपर्छ । प्रतिरोध क्षमता कमजोर भएकाहरुले दोश्रो डोज लगाएको २८ दिनपछि तेश्रो डोज लगाउन सक्छन् । अन्य व्यक्तिले दोश्रो डोज लगाएको कम्तीमा ६ महिनापछि तेश्रो बुस्टर डोज लगाउन सक्छन् ।

गत बर्षको डिसेम्बरमा प्रयोगका लागि आपतकालिन अनुमति पाएको यो खोपले गत अगस्त २३ मा एफडीएबाट प्रयोगका लागि पूर्णरुपमा अनुमति प्राप्त गरेको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कस्ले लगाउन हुँदैन यो भ्याक्सिन ?

एलर्जिक प्रतिकृया हुनेहरुले यो खोप लगाउन हुँदैन । गम्भिर प्रकारको वा सामान्य प्रकारको एलर्जिक प्रतिकृया हुनेहरुले पनि यो खोप लगाउन नहुने अमेरिकन सीडीसीले जनाएको छ ।

त्यस्तै पहिलो डोज लगाउँदा एलर्जिक प्रतिकृया देखिएकाहरुलाई पनि यो भ्याक्सिनको दोश्रो डोज नलगाउन सिफारिस गरिएको छ । त्यस्तो एलर्जिक प्रतिकृया एपिनेफ्रिन वा एपिपेनबाट उपचार गर्न सकिने सीडीसीले जनाएको छ । गम्भिर प्रकारको साइड इफेक्ट भएमा तत्काल स्वास्थ्य सहायता खोज्नुपर्छ ।
खोप लगाएको ४ घण्टाभित्र सुन्निने, स्वास फेर्न गाह्रो हुने, फोका उठ्ने लगायतका समस्याहरु देखिएमा तत्काल एलर्जिक प्रतिकृया भएको सम्झनुपर्छ । फाइजर भ्याक्सिन लगाउन नसक्नेहरु अन्य प्रकारका भ्याक्सिन लगाउन भने योग्य हुनसक्छन् ।

कस्ता साइड इफेक्ट सामान्य ?

भ्याक्सिन लगाएको पाखुरामा दुख्ने, रातो हुने, हल्लका सुन्निने सामान्य प्रकारका साइड इफेक्टहरु हुन् । त्यस्तै थकान अनुभव हुने, टाउको दुख्ने मांशपेशी दुख्ने, ज्वरो आउने, रिंगटा लाग्ने, जाडो अनुभव हुने लगायतका साइड इफेक्ट पनि देखिन सक्छन् ।

भ्याक्सिन लगाएको एकदेखि दुईदिनसम्म त्यस्ता साइड इफेक्ट देखिन सक्छन् । यस्ता साइड इफेक्टको अर्थ शरीरले संरक्षण निर्माण गरिरहेको संकेत रहेको र केहीदिनमा आफै हराउने सीडीसीले जनाएको छ ।

भ्याक्सिन कति प्रभावकारी ?

१६ बर्षभन्दा माथिका व्यक्तिमा यो भ्याक्सिन पुष्टी भएको कोरोना संक्रमण रोक्न ९५ प्रतिशत प्रभावकारी रहेको छ । पहिले संक्रमण भएको कुनै प्रमाण नभएका र भ्याक्सिनको दुबै डोज लगाएकाहरुमा यो भ्याक्सिन संक्रमण रोक्न ९५ प्रतिशत प्रभावकारी पाइएको हो ।

१२ देखि १५ बर्षका व्यक्तिमा पनि यो भ्याक्सिन उच्च प्रभावकारी रहेको छ । १२ देखि १५ बर्षका व्यक्तिमा पनि १६ बर्षदेखि २५ बर्षसम्ममा व्यक्तिमा जत्ति नै प्रतिरोध प्रणाली विकाश गर्न भ्याक्सिन प्रभावकारी रहेको पाइएको छ ।

भ्याक्सिनको भण्डारण र वितरण

फाइजर भ्याक्सिनमा उल्लेख गरिएको म्यादसम्म भण्डारण गर्नका लागि यो भ्याक्सिनलाई माइनस ६० डिग्रीदेखि माइनस ८० डिग्री सेल्सियस तापक्रमभित्रको अत्यन्तै चिसो फ्रिजरमा राख्नुपर्छ । यो भ्याक्सिन माइनस ७० डिग्री सेल्सियसमा राख्न सिफारिस गरिएको छ ।

विगतमा नेपालमा माइनस २० डिग्री सेल्सियसभन्दा कम तापक्रममा भण्डारण गर्न सकिने कुनै व्यवस्था नहुँदा नेपालले अमेरिकी सहयोगमा मोडेर्ना वा फाइजर भ्याक्सिन प्राप्त गर्न सकेको थिएन । तर अहिले यो भ्याक्सिन सिमित मात्रामा भण्डारणका लागि नेपालले व्यवस्था गरिसकेको छ ।

नेपालसँग माइनस ७० डिग्रीमा भण्डारण गर्नुपर्ने फाइजर खोप राख्न सकिने चारवटा फ्रिज उपलब्ध छन् । एक एकसय लिटरका यी फ्रिजहरुमा फाइजर भ्याक्सिन म्याद उल्लेख भएको मितिसम्म भण्डारण गर्न सकिन्छ । यो खोप ढुवानी र भण्डारण गर्न अन्य खोपका तुलनामा जटिल रहेकाले फाइजर खोप वितरण अस्पतालकेन्द्रित रहने बताइएको छ।

काठमाडौं उपत्यकाभित्रका नौवटा अस्पताल र उपत्यका बाहिरका १५ वटा अस्पतालबाट खोप अभियान सुरु हुने जनाइएको छ । खोप अभियान कार्तिकको अन्तिम साताबाट सुरु गर्ने तयारी भइरहेको छ ।

नेपालमा अहिलेसम्म झन्डै एक करोड ९० लाख मात्रा कोभिड खोप

नेपालमा अहिलेसम्म झन्डै एक करोड ९० लाख मात्रा कोभिड खोप आइपुगेको छ। अब झन्डै साढे दुई करोड मात्रा खोप आउने क्रममा रहेको मन्त्रालयले जनाएको छ।

नेपालमा खोप अभियान सुरु भएदेखि अहिलेसम्म डेढ करोड मात्राभन्दा बढी प्रयोग भइसकेको छ। मन्त्रालयको तथ्याङ्कअनुसार ८६ लाख जनाले पहिलो मात्रा मात्र र ६७ लाख जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com