तिहारकोलागि माला उन्दै वनमाला


प्रकाशित मिति : कार्तिक ९, २०७८ मंगलबार

dvdnL km”nsf]] dfnf eQmk’/, * sflQs . efO6Lsfdf bfh’efOnfO{ nufOg] dvdnL km”nsf] dfnf pGb} eQmk’/sf] rfFu’gf/fo0f gu/kflnsf–(, tfynLl:yt jgdfnf 6f]nsf afl;Gbf . tl:a/ M /Tg >]i7÷/f;;

तिहार नजिकिँदै छ । बारीभरि ढकमक्क फुलेका सयपत्रीदेखि राताम्मे देखिने मखमली फूल पनि बिक्री गरेर सिध्याउनु छ । भक्तपुर  वनमालाका बासिन्दालाई यतिखेर भ्याइनभ्याइ भएको छ ।

बारीभरि लगाएको मखमली फूल टिपेर दिउँसो र साँझ माला उन्दै बस्छन्, चाँगुनारायण  ताथलीका वनमाला । विगतमा वनमालाले मात्रै व्यावसायिक फूलखेती गर्दै आएपनि यसबाट राम्रो आम्दानी हुने भएपछि पछिल्ला केही वर्षदेखि वनमाला बाहेकका अरु जातजातिले पनि फूलखेती गर्न थालेका छन् । वर्षौदेखि पुख्र्यौली पेसाको रुपमा फूलखेती गर्दैआएका स्थानीयवासी श्याम वनमालाले फूलखेतीबाट चित्त बुझ्दो कमाइ हुने बताउनुहुन्छ ।

धेरैवर्ष यहाँ वनमालाले मात्रै फूलखेती गर्ने गरेको भए पनि अहिले धेरैले फूलखेती गर्न थालेकाले वनमालाको आम्दानीलाई असर नपरेको उहाँ बताउनुहुन्छ । पुख्र्यौली पेसाकै रुपमा फूलखेती गर्दै आएकी पार्वती वनमाला आफ्ना बाजे ससुराको पालादेखिनै फूलखेती गर्दै आएको थाहा पाएको बताउनुहुन्छ । कतिपय वनमालाले फूलखेती छाडे पनि धेरैले भने गरिरहेको बताउदै उहाँले १५ वर्ष अगाडिसम्म यहाँ वनमालाले मात्रै फूलखेती गर्ने भएकाले फूल र माला खोज्न वनमालाको घरमा टाढाटाढादेखि आउने गरेको बताउनुहुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विगत १० वर्षदेखि मखमली फूलको खेती गर्दै आउनुभएका स्थानीयवासी शोभा बालाले यहाँ दुईआना जग्गामा फूलखेती गर्नेले पनि एक सिजनमा ३० हजार कमाउने गरेको बताउनुहुन्छ । राम्रोसँग फूलखेती गर्न सके एक रोपनी जग्गामा ७० हजारदेखि रु एक लाखसम्म आम्दानी गर्न सकिने उहाँ बताउनुहुन्छ ।

भारतबाट आयात हुने फूल र माला रोकेर सरकारले नेपालकै मात्र फूल बिक्री गर्ने नीति बनाए यहाँ अहिलेको भन्दा दोब्बर आम्दानी हुने र धेरै किसानले विदेशिनु नपर्ने उहाँको तर्क छ । रोजगारीका लागि मलेसिया गएका श्रीमान्लाई नेपाल फर्काएर विगत चारवर्षदेखि श्रीमान्ले पनि फूलखेतीमै साथ दिएपछि विदेशमा भन्दा राम्रो कमाइ भएको उहाँ बताउनुहुन्छ ।

स्थानीयवासी सन्तमाया बालाले पनि यसवर्ष रु ८२ हजारको माला उत्पादन गर्नुभएको छ । उहाँले भन्नुभयो, “घरघरमै फूलको माला लिन आउनेलाई ४२ हजारको माला बेचियो, अझै ४५ हजार जतिको माला तयार छ, केही दिनमै बिक्री हुन्छ ।” मखमली फूलको खेती गर्ने जग्गामा मकै र भटमाससमेत उत्पादन गर्न सकिने भएपछि किसानले एउटै सिजनमा एउटै जग्गाबाट दोहोरो आम्दानी हुनेभएकाले यसतर्फ आकर्षण बढेको हो ।

बाला गाउँकै दीलमाया बालाले आधा रोपनी जग्गामा गरेको मखमली फूलबाट रु ४० हजार आम्दानी गरेको बताउनुभयो । किसानले बजारमा आफैले माला लैजाँदा एउटा मालाको ४० देखि १०० रुपैयासम्म बिक्री गर्न सक्छन् भने गाउँमै लिन आउने व्यापारीले भने एउटा मालाको रु २५ देखि ३५ रुपैयासम्म दिने गरेका छन् ।

नजिकिँदै गरेको तिहारका लागि आवश्यकपर्ने मखमली फूलको माला गाँस्न र बजारमा लैजान व्यस्त स्थानीय बासिन्दा मखमली फूलबाटै मनग्ये आम्दामी गर्न थालेका हुन् । पाँच वर्ष कतारमा र सात वर्ष मलेसिया बसेर स्वदेश फर्किएका स्थानीय युवा अहिले विदेशिन छाडेर फूलखेतीमै रमाउन थालेको शोभा बताउनुहुन्छ ।

फूलखेतीमा रोग लाग्न थालेपछि भने किसानले फूलमा औषधि राख्न थालेका छन् । एक रोपनी जग्गामा फूलखेती गर्दा करिब २५ हजार खर्च हुन्छ, भने आम्दानी रु एक लाखसम्मको हुने गरेको छ । धान खेतमा चौगुणा आम्दानी हुने भएपछि किसान यसतर्फ आकर्षित भएका हुन् । फूल र माला खोज्दै गाउँमै उपत्यकादेखि पोखरासम्मका व्यापारी आउने गरेपछि बजारको अभाव पनि छैन ।रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com