लन्डन आक्रमणमा घाइते अठचालीसमध्ये एक्काइस जनाको अवस्था गम्भीर


प्रकाशित मिति : जेष्ठ २२, २०७४ सोमबार

मध्य लन्डनमा शनिबार राति भएको दुई वटा आतङ्ककारी आक्रमणमा घाइते भएका ४८ जनामध्ये २१ जनाको स्वास्थ्यस्थिति गम्भीर रहेको बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले जनाएको छ ।

घाइते सवैजनालाई उपचारार्थ विभिन्न पाँच अस्पतालमा भर्ना गरिएको छ भने सामान्य घाइते भएका केही उपचार पश्चात घर फर्किएका छन् ।

यसैवीच, प्रधानमन्त्री थेरेसा मे ले आइतबार नै विभिन्न अस्पतालमा पुगी त्यहाँ रहेका घाइतेजन र उनीहरूका आफन्तलाई भेट्नुभएको छ ।

त्यसैगरी, आक्रमणमा सम्लग्न भएको आशङ्कामा प्रहरीले आइतबार बाह्रजनालाई पक्राउ गरेको छ । पूर्वी लण्डनमा पक्राउ परेका उनीहरू विभिन्न स्थानमा शङ्कास्पद रूपमा भेटिएका प्रहरीले बताएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रहरीले थप शङ्कास्पद व्यक्तिको खोजीगरिरहेको जनाएको छ ।

शनिबार राति भएको दुई आक्रमणमा परी सात जनाको मृत्यु भएको र ४८ जना घाइते भएका प्रहरीले पुष्टि गरेको छ । सिन्ह्वा

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com