बाइडेनबाट यात्रा प्रतिबन्ध खारेज, नोभेम्बर ८ देखि अमेरिका आउँदा भ्याक्सिन अनिवार्य, नलगाएकाले के गर्ने ?


प्रकाशित मिति : कार्तिक ९, २०७८ मंगलबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले एक कार्यकारी आदेश घोषणा गर्दै विभिन्न देशहरुमाथि लगाइएको कोरोना महामारी सम्बन्धित क्षेत्रीय यात्रा प्रतिबन्ध खारेज गरेका छन् । नोभेम्बर ८ देखि लागु हुने गरी अमेरिका प्रवेश गर्ने विदेशीहरुलाई भ्याक्सिन अनिवार्य बनाइएको राष्ट्रपति बाइडेनले घोषणा गरेका छन् ।

भ्याक्सिन लगाइएको दर १० प्रतिशतभन्दा पनि कम भएका देशका नागरिकहरु र १८ बर्षभन्दा कम उमेरका व्यक्तिका लागि भने छुट दिइने भएको छ । अर्थात् उनीहरुले कोरोना परीक्षणको नेगेटिभ रिपोर्टका आधारमा अमेरिका प्रवेश गर्न पाउनेछन् ।

पूर्णरुपमा भ्याक्सिन लगाएका अन्य सबै आप्रवासीहरुले कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने लगायत कोरोना महामारी सम्बन्धित सबै नियमहरुको पालना गर्नुपर्नेछ । अमेरिकी नागरिक, ग्रिनकार्डवाहक र भ्याक्सिनमा छुट पाउने योग्य आप्रवासीहरु लगायत सबै यात्रुहरुले अमेरिका आउनु अगाडि कोरोना परीक्षण गर्नुपर्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भ्याक्सिन लगाएकाहरुलाईमात्र अमेरिका प्रवेश दिइने नियम नोभेम्बर ८ सुरु हुने बित्तिकै अर्थात् नोभेम्बर ७ को राती १२ बजेपछि लागु हुनेछ । भ्याक्सिन अनिवार्यको नियमले विदेशमा रहेका अमेरिकी कन्सुलेटहरुलाई भिजिटर भिसा जारी गर्नका लागि निषेध गर्दैन । तर भिसाको माग बढ्ने देखिएकाले भिसा अप्वाइन्टमेन्टमा ब्याकलग भने चर्को हुने देखिएको छ ।

हवाई मार्गबाट अमेरिका आउनेहरुका सन्दर्भमा नयाँ नियम लागु हुनेछ । मेक्सिको र क्यानडाको स्थलनाकाबाट अमेरिका आउनेहरुका लागि नयाँ नियम घोषणा गरिनेछ । तर मेक्सिको र क्यानडाबाट हवाईमार्ग हुँदै आउनेहरुका सन्दर्भमा भने यही नियम लागु हुनेछ । विमानमा चढ्नुभन्दा अगाडि नै आप्रवासीहरुले पूर्णरुपमा भ्याक्सिन लगाएको र तीनदिनभित्र परीक्षणको नेगेटिभ रिपोर्ट प्रमाण पेश गर्नुपर्नेछ ।

अमेरिकाले जोन्सन एण्ड जोन्सन, फाइजर, मोडेर्ना, आष्ट्राजेनेका, कोभिशिल्ड, भेरोसेल, साइनोभ्याकलाई मान्यता दिनेछ । दुईडोज लगाउनुपर्ने भ्याक्सिनको दोश्रो डोज लगाएको १४ दिन पूरा भएपछि मात्र पूर्णरुपमा भ्याक्सिन लगाएको मानिनेछ । मिश्रित रुपमा भ्याक्सिन लगाएकाहरुलाई पनि मान्यता दिइनेछ । तर कम्तीमा १७ दिनको अन्तरमा लगाएको हुनुपर्नेछ भने पछिल्लो डोज लगाएको १४ दिन पूरा भएको हुनुपर्नेछ ।

भ्याक्सिन नलगाएकाहरुले के गर्ने ?

भ्याक्सिन नलगाएका अधिकांशलाई अमेरिका आउन दिइनेछैन । तर भ्याक्सिन लगाइएको दर १० प्रतिशतभन्दा पनि कम भएका देशका नागरिकहरु र १८ बर्षभन्दा कम उमेरका व्यक्तिले भने भ्याक्सिन नलगाएको भएतापनि अमेरिका प्रवेश पाउन सक्नेछन् ।

नेपालमा जोन्सन एण्ड जोन्सन भ्याक्सिन लगाइदै

भ्याक्सिन नलगाएका र अमेरिका आउन छुट दिइएकाहरुले भने अत्यन्तै कडा प्रकारका मापदण्डहरु पालना गर्नुपर्नेछ । उनीहरुले अमेरिका प्रस्थान गर्नुभन्दा एकदिनभित्रको नेगेटिभ परीक्षण रिपोर्ट पेश गर्नुपर्नेछ । पूर्णरुपमा भ्याक्सिन लगाएका अभिभावकसँग यात्रा नगरेका २ देखि १७ बर्षसम्मका यात्रुहरुले समेत एकदिनभित्रको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्नेछ ।

त्यस्तै उनीहरुले अमेरिका प्रवेश गरेको ६० दिनभित्र वा सीडीसीले तोकेको समयतालिकाभित्र पूर्णरुपमा कोरोनाविरुद्धको भ्याक्सिन लगाउने प्रतिवद्धता जनाउनुपर्नेछ । उनीहरुले अमेरिका आएपछि तीनदेखि ५ दिनभित्र कोरोना परीक्षण गरेर नेगेटिभ रिपोर्ट पेश गर्नुपर्नेछ । अन्यथा सीडीसीले तोकेको क्वारेन्टीनको नियम पालना गर्नुपर्नेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com