बेमौसमी वर्षाको ‘चोट’


प्रकाशित मिति : कार्तिक ७, २०७८ आईतबार

emf]k8L b]vfpFb} kLl8t s~rgk’/, & sflQs . eLdbQ gu/kflnsf–( >Lnªsf 6f]nsf afl;Gbf kfFr lbgcl3 dxfsfnL gbLdf cfPsf] af9Ln] Iflt k’/ofPsf] emf]k8L b]vfpFb} . af9Lsf] kfgLn] o; If]qdf ljB’t, ;~rf/ / ;8s ;Dks{ laR5]b u/]sf] 5 . t:jL/ M /fh]Gb|k|;fb kg]?, /f;;

मनसुन सकिएको हप्तापछि बङ्गालको खाडी र पश्चिमी वायुको संयुक्त प्रभावका कारण परेको भारी वर्षाले निम्त्याएको बाढी, पहिरो र डुबानबाट मुलुकका २६ जिल्ला नराम्ररी प्रभावित भएको छ । ती जिल्लाले भौतिक तथा मानवीय क्षतिसमेत बेहोरेको छ ।

सात प्रदशेमध्ये सबैभन्दा बढी प्रदेश नं १ ले मानवीय क्षति बेहोरेको छ । त्यसपछि सुदूरपश्चिम प्रदेशमा मानवीय क्षति भएको छ । यसपालि नेपालमा पानी पार्ने प्रणालीको संयुक्त प्रभाव असोज ३१ बाट सुरु भएको थियो । सो प्रणाली कात्तिक ३ सम्म रह्यो । त्यसको छिट्फुट प्रभाव अहिले पनि कायमै रहँदा मौसम बदलीकै क्रममा छ ।

पहिलो दुई दिन सुदूरपश्चिम प्रदेशमा असर गरेको थियो भने त्यसको अर्को दुई दिन प्रदेश नं १ लाई प्रभावित बनाएको थियो । प्रदेश नं २, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशमा भने न्यून क्षति भएको छ । ती प्रदेशका एकाध जिल्लाले मात्रै क्षति बेहोर्नुप¥यो ।

गृह मन्त्रालयबाट आज प्राप्त पछिल्लो तथ्याङ्कमा ती जिल्लामा कूल ११७ जनाले ज्यान गुमाएको पुष्टि भएको मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख हुमकला पाण्डेले जानकारी दिनुभयो । यसअघि १११ जना मृत्यु भएको विवरण सार्वजनिक भएको थियो । पछिल्लो चौबिस घण्टामा बेपत्ता भएकामध्ये पाँचको शव फेला परेको हो । अझै ३२ जना हराइरहेका छन् । मृत्यु हुनेमा ५७ पुरुष, ३५ महिला र २५ बालबालिका छन् । बेपत्ता हुनेमा १३ पुरुष, सात महिला र १२ बालबालिका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कूल ४४ जना घाइते भएका र उनीहरूमध्ये कतिपय उपचारपछि घर फर्किएका छन् भने केहीको उपचार जारी छ । कूल ३० घर आंशिक र ११८ घर पूर्ण क्षति भएको गृह मन्त्रालयले जनाएको छ । जलवायु परिवर्तन विज्ञ डा ङमीन्द्र दाहाल बेमौसममा यति ठूलो वर्षा हुनु जलवायु परिवर्तनको असर भएको बताउनुहुन्छ ।

प्राप्त विवरणअनुसार मुलुकका विभिन्न ठूला आठ राष्ट्रिय राजमार्गमा क्षति पु¥याएकामा अझै ६ वटा सञ्चालनमा आउन सकिरहेको छैन । सडकको भौतिक पूर्वाधारमा मात्रै एक अर्ब पाँच करोड क्षति भएको प्रारम्भिक विवरण छ । धानबाली तथा अन्य भौतिक क्षतिको विषयमा विवरण सङ्कलन जारी रहेको गृह मन्त्रालयले जनाएको छ । सरकारले यसअघि नै घाइतेको निःशुल्क उपचार गर्ने र मानवीय क्षति बेहोरेका परिवारलाई राहत दिने घोषणा गरिसकेको छ ।

प्रदेश नं १ मा सबैभन्दा बढी क्षति

प्रदेश नं १ मा धनकुटा मोरङ, सुनसरी, पाँचथर, इलाम, भोजपुर, ओखलढुङ्गा, सङ्खुवासभा, सोलुखुम्बु र उदयपुरमा वर्षाको ठूलो प्रभाव परेको थियो । प्रदश नं १ मा ६७ जनाको मृत्यु भएको छ भने सातजना बेपत्ता छन् ।

यस प्रदेशको पाँचथरमा सबैभन्दा बढी ३० जनाको मृत्यु भएको छ । त्यसपछि इलाममा १४, सुनसरीमा १० र धनकुटामा पाँचजनाले ज्यान गुमाएका छन् । बेपत्ता हुने सबैभन्दा बढी चारजना पनि पाँचथरका छन् ।

प्रदेश नं २, वाग्मती, गण्डकी र लुम्बिनीमा कम क्षति

प्राप्त विवरणअनुसार मुलुकका चार प्रदेश (प्रदेश २, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशमा)भने बाढी, पहिरो र डुबानबाट तुलनात्मकरूपमा कम क्षति भएको छ । प्रदेश नं २ मा सप्तरी जिल्लालाई मात्रै प्रभावित बनाएको छ । उक्त जिल्लामा बाढीमा परेर एक बेपत्ता भएका छन् ।

वाग्मती प्रदेशको सिन्धुली प्रभावित भएको जनाइएको छ । सिन्धुलीमा बाढीबाट एकजनाको मृत्यु भएको छ । गण्डकी प्रदेशको नवलपरासी पूर्व ९नवलपुर० मा दुईजनाको मृत्यु भएको छ । लुम्बिनी प्रदेशको प्यूठानमा मात्रै क्षति गराएको छ । प्राप्त विवरणअनुसार उक्त जिल्लामा दुईजनाको मृत्यु भएको र एकजना बेपत्ता रहेको जनाइएको छ ।

कर्णालीका पाँच जिल्ला प्रभावित

कर्णाली प्रदेशका पाँच जिल्ला प्रभावित भएको छ । ती जिल्लामा आठजनाको मृत्यु, चार घाइते र एक बेपत्ता रहेका छन् । प्राप्त विवरणअनुसार कालीकोटमा एक, हुम्लामा ६ र सल्यानमा एकजनाको मृत्यु भएको छ । जुम्लामा एक बेपत्ता छन् भने सुर्खेत र कालीकोटमा गरी चार घाइते छन् ।

यस्तो छ सुदूरपश्चिमको क्षति

सुदूरपश्चिम प्रदेशका सात जिल्ला प्रभावित भएको छ । ती जिल्लामा ३७ को मृत्यु भएको छ भने २२ बेपत्ता छन् । सत्र जना घाइते छन् । सबैभन्दा बढी डोटीमा १६ र बझाङमा १२ जनाको मृत्यु भएको छ । यस्तै बैतडीमा चार, डडेलधुरामा तीन तथा अछाम र कैलालीमा एक–एकजनाको मृत्यु भएको छ । बझाङमा अझै १९ जना हराइरहेका छन् । डोटी र कैलालीमा एक–एकजना बेपत्ता छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com