काटेर सुकाउन राखेको धान खेतमै उम्रियो


प्रकाशित मिति : कार्तिक ६, २०७८ शनिबार

pld|Psf] 6′;f uf]bfj/L, ^ sflQs M s}nfnLsf] s}nf/L ufpFkflnsf–^ a]gf}nLdf leh]sf] wfgafnLdf pld|Psf] 6′;f . tl:a/ M dLg 7s’/L-/f;;_

कञ्चनपुर/ लगातार चार दिनको वर्षापछि घाम लाग्न सुरु भएको छ । कञ्चनपुरका किसान झरीले निथ्रुक्क भिजाएको धान सुकाउनमा खेतमा व्यस्त भएका छन् । खेतमा सुकाउन राखिएको धान भिजेपछि उम्रिन सुरु भएको छ । पानी सुक्न नपाएको खेतमा काटेको धानको परालसहितका बाला कुहिएका छन् ।

लालझाडी गाउँपालिकाको कञ्जका किसान नन्दलाल राना खेतको धान बाली भित्र्याउन नपाउँदै उम्रिन थालेपछि निकै चिन्तित छन् । “लगातार चार दिनको वर्षाले खेतमा काटेर राखेको आधाभन्दा बढी धान बगाएर लग्यो”, उहाँले भन्नुभयो, “बग्नबाट बचेको धान उम्रिन सुरु भएको छ । केही धान बालासहित कुहिएको छ ।”

दुई बिघा खेतमा लगाएको धान वर्षाभरि खानका लागि राखेर रानाले बेच्नसमेत भ्याउथे । बेचेको धानबाट परिवारको खर्च धानिँदै आएको थियो । “समयमै वर्षा हुँदा धान समयमै रोप्न पाएका थियौं । खेतमा धानका बाला विगतको तुलनामा निकै राम्रो थियो”, उहाँले भन्नु भयो, “बाली भित्राउने बेला परेको पानीले सबै सखाप पा¥यो । बेच्दै आएको धान अब खरिद गरेर खानु पर्ने अवस्था आइलागेको छ ।”

उहाँको जस्तै लालझाडी गाउँपालिकाका अधिकांश किसानको खेतमा काटेको धान दोदा नदीमा बगेको छ । खेतमा बचेको धान कुहिएपछि कामै नलाग्ने भएको छ । शुक्लाफाँटा नगरपालिका–२ रानीपुरका किसान भोला चौधरीले पानी पर्नु अगावै खेतबाट धानका मुठा बाँधेर थ्रेसिङ गर्नका लागि थ्रेसरको खोजी गर्दै थिए । थ्रेसर खोज्न नपाउँदै पानी प¥यो । एक बिघा अधिया लगाएको पूरै धान खेतमै भिज्यो । “खेतबाट धान उठाउँनै पाएनौँ”, उहाँले भन्नुभयो, “पानीले सबै धान भिज्यो । पानी पर्दै गरेका बेला खेतकै आलीमा लगेर धान राखेपनि बालामै धान उम्रिएको छ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

धान लगाउनका लागि गरेको मिहिनेत खेर ग¥यो । जोताइ, बीउ, मलखाद, सिँचाइ गर्दा र खेताला लगाउँदाको खर्च नउठ्ने भयो । परिवार पाल्नैका लागि मजदूरीमा जानुपर्ने अवस्था आइलाग्यो ।” कोरोनाको महामारी रहेकै बेला मजदूरी पनि पाउन मुश्किल भएको उहाँको भनाइ रहेको छ । धान रोप्नका लागि महँगोमा मलखाद र बीउ खरिद गर्नुपर्ने, जोताइ, सिँचाइ र खेताला लगाउँदा सहकारी र समूहबाट कर्जा निकाल्नुपर्ने अवस्थामा वर्षाले पूरै बालीमा नोक्सानी पु-याएपछि किसान बिचल्लीमा परेको नेपाल किसान सङ्घका केन्द्रीय सदस्य शेरबहादुर साउदले बताउनुभयो ।

“वर्षाका कारण धानबालीमा नोक्सानी व्यहोरेका किसानलाई सरकारले तत्काल क्षतिपूर्ति रकमको व्यवस्था गर्नुपर्छ”, उहाँले भन्नुभयो, “किसान अन्नदाता हो । सबैको पेट पाल्दछ । किसान अप्ठ्यारोमा परेका बेला सरकारले हेर्नुपर्दछ । किसानले अन्न उत्पादन नगरे भोकभोकै बस्ने बेला आउन सक्छ ।”

त्यसैले किसानको मर्कालाई बुझेर सरकारले मालपोत, सिँचाइको विद्युत् महशुल मिनाहासँगै अनुदानमा बीउविजन उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ । वर्षाको पानीले खेतको धान नोक्सान भएकै बेला जङ्गली हात्तीले बाँकी रहेको धानमा क्षति गर्न थालेकाले किसानलाई त्यसको क्षतिपूर्ति दिइनुपर्ने उहाँले बताउनुभयो ।

मौसमविद्ले पहिलानै भारी वर्षा हुने कुरा बताएका भए पनि त्यो कुरा किसानसम्म पुग्न नसक्दा धानबाली, तरकारी बालीमा ठूलो क्षति व्यहोर्नुपरेको उहाँको भनाइ रहेको छ । स्थानिय तहले वर्षाको डुबान र बाढीबाट प्रभावित भएका किसानको तथ्याङ्क सङ्कलनको कार्य अगाडि बढाएका छन् । धान, तरकारीबाली र उखु बालीको क्षतिको विवरण सङ्कलन वडामार्फत स्थानीय तहले काम अगाडि बढाएका हुन् ।

शुक्लाफाँटा नगरपालिका नगरप्रमुख दिलबहादुर ऐरले सात दिनभित्र वर्षाका कारण क्षति व्यहोरेका किसानको विवरण सङ्कलन गरी पठाउनका लागि वडा कार्यालयलाई निर्देशन दिइएको बताउनुहुन्छ ।

वडाले सङ्कलन गरेको विवरण नगर विपद् समितिमार्फत कार्यपालिकामा लगेर क्षतिपूर्तिका लागि प्रदेश र सङ्घीय सरकारलाई अनुरोध गरिने उहाँले बताउनुभयो । “नगरको बजेटले सबै किसानलाई क्षतिपूर्ति दिन भ्याउँदैन”, उहाँले भन्नुभयो, “प्रदेश र केन्द्र सरकारलाई अनुरोध गर्छौँ ।”

बेलौरी, पुनःवास, कृष्णपुर नगरपालिकासँगै लालझाडी र बेलडाँडी गाँउपालिकाले वर्षाले धानबालीमा क्षति गरेको विवरण सङ्कलनको कार्य अगाडि बढाएको छ ।

कृषि ज्ञान केन्द्र कञ्चनपुरका अधिकृत रणबहादुर मल्ल स्थाीनय तहका कृषि शाखामार्फत धानलगायत बालीको क्षतिको विवरण सङ्कलनको कार्य भैरहेको बताउनुहुन्छ । “जिल्लाका नौवटै स्थानीय तहका कृषि शाखामार्फत क्षतिको विवरण सङ्कलनको कार्य भैरहेको छ”, उहाँले भन्नुभयो, “एक दुई दिनभित्रै क्षतिको विवरण उपलब्ध गराउन सकिन्छ ।” उहाँका अनुसार जिल्लाका २५ प्रतिशत किसानले मात्रै धानबाली भित्र्याउन पाएका छन । ७५ प्रतिशत किसानको धान बालिमा वर्षाले क्षति गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com