भक्तपुरमा पाला बनाउने चटारो


प्रकाशित मिति : कार्तिक ५, २०७८ शुक्रबार

efbufpF, % sflQs . eQmk’/ sdnljgfosl:yt 6’d’rf]df df6f]sf] kfnf agfpFb} Ps dlxnf . kfnfsf] dfu pRr ePsfn] s’Dxfn] kl/jf/sf k’?if dfq geO dlxnfx?;d]t kfnf agfpg] sfo{df Jo:t 5g . t:jL/ M nIdL uf?, /f;;

नेपालीको दोस्रो ठूलो पर्व तिहार नजिक आउँदैछ । बजारमा तिहारको लागि आवश्यक सामाग्री भाइ मसला, फलफूल, सयमत्री र मखमली फूलको मालासँगै दियो बाल्ने पालाको समेत खपत र माग दिनानुदिन बढ्दो छ । बजारमा पालाको माग बढेसँगै भक्तपुरका कुमाल समुदायलाई यतिखेर पाला बनाउने, सुकाउने र पोलेर तयार गरी बजार पठाउन भ्याइनभ्याइ भएको छ । “तिहार आउन एक साता पनि समय छैन । अबको दुई या तीन दिनभित्र माग अनुसारको पाला दिन नसके बनाएको व्यर्थ हुन्छ”, भक्तपुरको पोटरी स्क्वायरले परिचित तालक्वका रामप्रसाद प्रजापतिले भन्नुभयो ।

उहाँका अनुसार अचेल तालक्वका कुमाल समुदायका प्रजापतिको दिनचर्या नै पाला तयार गर्नेमा नै बित्ने गरेको छ । तिहारलाई पालाको माग उच्च हुने भएपछि यतिखेर उनीहरुले अन्य माटाका भाँडा बनाउने कामलाई थाती राखेका छन । तिहारमा लक्ष्मी पुजाका लागि केही माग आउने भएकाले खुत्रुके बनाएपनि अन्य भाडा बनाउने कामलाई थाती राखेको रामप्रसादले बताउनुभयो । “बिहान सबेरै उठ्यो, अघिल्लो दिन नै तयार गरी राखेको माटोलाई थप तयार गरी पाला बनाउने, सुकाउने र सुकिसकेको पालालाई पोलेर तयार गरी माग अनुसार बजार पठाउने काममा नै दिन बित्छ । अहिले अन्य भाँडाकुँडा बनाउने फुर्सद छैन,” उहाँले भन्नुभयो ।

पालाको माग धान्न सो परिवारका महिला पुरुष मात्र होइन केटाकेटीहरु समेत पाला तयारीमा जुट्ने गरेका छन । यसवर्ष कोरोना भाइरसको महामारीका कारण विद्यालय नखुलेका कारण र्फुसदमा रहेका केटाकेटीहरु बुबा आमाको काममा सहयोग गर्न तल्लिन देखिन्छन । अहिले भक्तपुरका तालक्वका प्रजापति मात्र होइन सूर्यमढी, लिवाली, तुमुचो, च्याम्हासिहं र सूर्यविनायकका कुमालले अन्य भाडा बनाउने कार्यलाई थाती राख्दै पाला बनाउने कार्यमा तल्लिन छन् । तिहार विशेषगरी धनकी देवी लक्ष्मीको पूजा गर्ने पर्व पनि भएकाले तिहारमा फलफूल, सयपत्री फूलसँगै झिलीमली बत्ती बाल्ने गरिन्छ । धनकी देवी लक्ष्मीलाई घरमा भित्र्याउन तिहारमा झिलीमिली बत्ती बाल्ने परम्परा रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तिहारको लक्ष्मी पूजाको दिन दिपावली गर्न घरको दैलो, झ्याल ढोका, कौशी, बरण्डालगायतका स्थानमा पालाको दियो बाली झिलीमिली पार्ने परम्परा रहेको छ । तिहारमा बत्ती बाल्नकै लागि विद्युतको माग समेत उच्च हुने गरेको छ । तिहारमा बिजुलीका रङ्गीचङ्गी बत्ती बालेर झिलीमिली पार्ने गरे पनि अनिवार्य रुपमा दियोसमेत बाल्नुपर्ने परम्परा भएकाले तिहारमा वर्षेनी पालाको माग बढ्ने गरेको व्यवसायी बताउँछन् ।

केही वर्ष अघि मैनबत्ती बाल्ने प्रचलन देखिए पनि दियो जस्तो सुरक्षित नभएपछि मैनबत्ती विस्तारै विस्थापित हुँदै गएकाले पालाको माग बढेको पाला व्यापारीहरु बताउँछन । “विभिन्न आधुनिक विद्युतीय झिलिमिली बत्ती र मैनबत्तीको दाजोमा सुरक्षाको दृष्टिकोणले पालालाई अत्यन्तै राम्रो र उत्तम मानिने भएकाले बजारमा यसको माग बढेको हो,” रामप्रसादले भन्नुभयो ।

कुमालहरुले तयार भएको पाला थोक व्यापारीलाई बिक्री गर्ने गरेको जानकारी दिए । थोक व्यापारीले एउटा पालाको एकदेखि दुई रुपैयाँमा हजारौँको सङ्ख्यामा खरिद गर्ने र उनीहरुले केही मुनाफा खाएर काठमाडौँ उपत्यकाका विभिन्न स्थानका खुद्रा बिक्रेतामार्फत उपभोक्ता माझ पु¥याउने गरेको रामप्रसादले बताउनुभयो । क्तपुरको पाला काभ्रेको बनेपा, धुलीखेल, पनौती, नुवाकोटको त्रिशुलीका साथै पोखरा, हेटौँडा, चितवनका व्यापारीले पनि लिन आउने गरेको रामप्रसादले बताउनुभयो । (रासस)

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com