डोम समुदायका बालबालिकाको गुड्डी उडाउने ‘सपना’


प्रकाशित मिति : कार्तिक ५, २०७८ शुक्रबार

महोत्तरी/ दीपावली (तिहार) र छठ पर्व नजिकिँदै आउँदा महोत्तरी जिल्लाका अतिविपन्न डोम जातिको बसोबासका बस्तीमा राम्रो कमाइ हुने आशामा खुसी छाएको छ । मिथिला क्षेत्रमा तिहार र छठमा बाँसको चोयाले बन्ने डाली, छिटी, नाङ्ला–चाल्नो, पङ्खा र अन्य खेलौँनाको माग हुने भएको हुँदा यस्ता सामान बनाउने पुख्र्यौली व्यवसाय अँगाल्दै आएका डोम बस्तीमा अहिले खुसी छाएको हो ।

वर्षभरि अभाव नै अभावमा बित्ने डोम समुदायमा ससाना नानीहरुको रहर र मीठो खाने परिवारको चाहना तिहार र छठ लागेपछि पूरा हुने घरमूलीको आश्वासन हुने गरेको छ । “ससाना नानी र घरपरिवारका रहर त हाँमी गरिबका घरमा पनि हुन्छन्”, पर्व विशेषका लागि चोयाको छिटी बुन्न तल्लिन भङ्गाहा नगरपालिका–५ सिद्धपुरसँगैको डोम बस्तीका रमुवा मरिकले भन्नुभयो, “यी रहर चाहना हामीले दीपावली र छठ पर्वमा पूरा गर्ने आश साचेका हुन्छौँ ।”

तिहार र छठ नजिकिँदै आउँदा डोम बस्तीका ससाना नानीको अभिभावकसँगको फर्माइस (माग) पनि दिनहुँजसो बढी रहेको हुन्छ । “बाबु, दिवाली आ छठमें हम गुड्डी उडायब्, हमरा बहुते रङ्गके गुड्डी ला दिहा” (बुबा, म तिहार र छठ पर्वमा चङ्गा उडाउँछु, मलाई रङ्गीबीरङ्गी चङ्गा ल्याइदिनुहोला) चोया बटार्न व्यस्त बर्दिवास नगरपालिका–१ की बासिन्दा आमा रतिया मरिकसँग उहाँका सात वर्षीय छोरा कपिलको माग छ । दीपावली र छठमा गुड्डी (चङ्गा) उडाउने सपना साचेका सो समुदायका वालवालिका पर्वमा बाबु÷आँमाले मीठामीठा खानेकुरा ल्याइदिने धाकसमेत अन्य समुदायका समवयस्कसँग लगाइरहेका देखिन्छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकता आफ्नो हक भन्ने कुराबारे पूरै बेखबर रहेका उक्त समुदाय ससाना पराले झोपडीमा पुस्तौँदेखि गुजारा चलाइरहेका छन् । चरम गरिबी र अशिक्षाले जकडिएका सो समुदायका लागि ठूलाबडाको मृत्यु हुँदा अग्निसंस्कारका लागि आगो बेचेर प्राप्त हुने आम्दानी, श्मसानघाटमा फालिएका बाँसका घोचा सङ्कलन गरेर बनाइएका चोयाका सामान बेचेर प्राप्त हुने र सुँगुर पाल्ने पुख्र्यौली पेसाबाट प्राप्त हुने आम्दानी नै जीवन गुजाराको सहारा रहँदै आएको छ । तिहार र छठचैँ आफूहरुले पनि निष्ठापूर्वक मनाइने भएकाले यी पर्वप्रयोजनका सामग्री नयाँ बाँस किनेर पवित्र मनले बनाइने गरिएको उनीहरु बताउँछन् ।

विसं २०६८ को जनगणनाअनुसार जिल्लाभरिमा एक हजार ५० (हाल यो सङ्ख्या तीन हजारको हाराहारी रहेको अनुमान छ) मात्र जनसङ्ख्या रहेको डोम जाति जिल्लाका प्रत्येकजसो बस्तीको पुछारमा एक/दुई घरमा बसोबास गरेका भेटिन्छन् । मधेशमा अत्यन्त पछि परेका जाति समुदायभित्रका यो समुदायले नयाँ लुगा किन्ने, आफन्तकहाँ भेट्न कोसेली बनाउने, ससाना नानीको रहर पूरा गरेर वर्षको पछिसम्म नुनतेलको जोहोसमेत तिहार र छठको कमाइबाट गर्ने गरेको बताउँछन् ।

“के गरौं हजुर….?  ससाना नानीहरु गाउँतिर खेल्न जाँदा बस्तीका हुनेखानेका नानीहरुका हातमा जे देख्यो घर आएर त्यस्तै सामानको फर्माइस गर्छन्”, लोहारपट्टि नगरपालिका–१ बगडाको दलित बस्तीकी शैली मरिकले भन्नुभयो, “यी सबै नानीहरुका रहर हामीले तिहार र छठको कमाइबाट केही न केही पूरा गर्नुपर्ने हुन्छ ।”

अवसरबाट पछि परेका सीमान्तकृत जाति समुदाय, गरिब र दलितको उत्थानका लागि सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरेको बजेट भाषण र सम्बोधनमा सुनिने गरिए पनि ती कार्यक्रम भने जिल्लाका उक्त जातिको बस्तीमा नपुगेको सामाजिक अभियन्ताले टिप्पणी गरेका छन् । सरकारी कार्यक्रमको प्रभावकारी अनुगमन नहुँदा अवसरबाट पछि पारिएका जाति समुदायको उत्थानको काम हुन नसकेको भङ्गाहा–४ की सामाजिक कार्यकर्ता हीरादेवी दाहालको टिप्पणी छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com