बाइडेन प्रशासनले १ बर्षमा १ लाख २५ हजारसम्म शरणार्थी भित्राउने, दक्षिण एसियाबाट ३५ हजार


प्रकाशित मिति : कार्तिक २, २०७८ मंगलबार

बाइडेन प्रशासनले चालु आर्थिक बर्षमा १ लाख २५ हजारसम्म शरणार्थी भित्राउने आधिकारिक कागजात फेडरल रजिष्टरमा प्रकाशित भएको छ । चालु आर्थिक बर्षका लागि राष्ट्रपति जो बाइडेनले शरणार्थीका लागि तय गरेको कोटा संख्याबारेको कागजात सोमबार फेडरल रजिष्टरमा प्रकाशित भएको हो ।

अफ्रिकाबाट ४० हजार, पूर्वी एसियाबाट १५ हजार, युरोप र मध्य एसियाबाट १० हजार, ल्याटिन अमेरिका र क्यारेबियनबाट १५ हजारसम्म शरणार्थी अमेरिका भित्राउने कोटा तय गरिएको छ । त्यस्तै पूर्वी एसिया नजिक र दक्षिण एसियाबाट ३५ हजारसम्म शरणार्थी भित्राइने छ भने अन्य थप १० हजारसम्म शरणार्थी भित्राइने भएको छ ।

आर्थिक बर्ष २०२१ मा अमेरिकामा अहिलेसम्मकै कम संख्यामा शरणार्थी भित्राइएको छ । ६२ हजार ५ सयसम्म शरणार्थी भित्राउनसकिने कोटा रहेपनि जम्मा ११ हजार ४ सय ११ जनामात्र शरणार्थीहरु अमेरिका आएका छन् । जुन विगत ४० बर्षमा सबैभन्दा कम बार्षिक संख्या हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अक्टोबर १ देखि आर्थिक बर्ष २०२२ सुरु भइसकेको छ । डोनाल्ड ट्रम्पले सेप्टेम्बर ३० मा अन्त्य भएको आर्थिक बर्ष २०२१ का लागि जम्मा १५ हजार शरणार्थीको कोटा तोकेका थिए । तर बाइडेन राष्ट्रपति भएपछि मे महिनामा यो कोटा बढाएर ६२ हजार ५ सय बनाएका थिए । तर कोटा बढाएपछि अमेरिका भित्रिएका शरणार्थी संख्या भने ट्रम्पले तय गरेको कोटाभन्दा पनि कम रहेको छ ।

अमेरिकामा शरणार्थीका रुपमा आउनका लागि व्यक्ति अमेरिका बाहिर रहेको हुनुपर्छ भने उक्त स्टाटस स्वीकृत भएपछिमात्र अमेरिका आउन पाइन्छ । अमेरिकामा आइसकेपछि दावी गरिने एसाइलम त्यो भन्दा फरक हो ।

सोमबार फेडरल रजिष्टरमा प्रकाशित सुचना यहाँ पढ्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com