सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर सोमबार दिउँसो लगातार दुईवटाभूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापनकेन्द्रका अनुसार १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेट जाँदा समान ४.७ म्याग्निच्युडको भूकम्प गएको हो । १० मिनेटको अन्तरमा दुईवटा भूकम्प कम्प गएको हो ।
भूकम्पको धक्का आसपासका जिल्लाहरु र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो । भूकम्पका कारण हालसम्म कुनै क्षतिको विवरण आएको छैन । यसअघि आइतबार बिहान गोरखा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।
२०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि हालसम्म नेपालमा ४ रेक्टर स्केलभन्दा माथिका ५६० परकम्प गइसकेको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।