अमेरिकाको आप्रवासी भिसा ब्याकलग ७ महिनामै कम, अन्तरवार्ताको प्रतिक्षामा ४६८,८९१ आवेदन


प्रकाशित मिति : कार्तिक १, २०७८ सोमबार

अमेरिकाको आप्रवासी भिसाको ब्याकलग विगतका महिनाहरुको तुलनामा केही घट्दो रहेपनि अन्तरवार्ताको प्रतिक्षामा रहेका आवेदकहरुको संख्या भने निकै ठूलो रहेको छ । अक्टोबर महिनाका लागि भिसा अन्तरवार्ता तय गरेपछि भिसा अन्तरवार्ताको प्रतिक्षामा रहेका आवेदनहरु ४ लाख ६८ हजार ८ सय ९१ रहेका छन् ।

यी आवेदनहरु नेशनल भिसा सेन्टरमा सबै प्रकृया पूरा गरेर दूतावास वा कन्सुलेटमा अन्तरवार्ताको प्रतिक्षामा रहेका आवेदनहरुमात्र हुन् । अक्टोबरमा २५ हजार ६ सय ७५ आप्रवासी भिसा आवेदकका अन्तरवार्ताहरु तय गरिएको थियो अन्य पेन्डिङ अवस्थामा रहेका आवेदकमध्ये केहीको अन्तरवार्ता नोभेम्बरमा हुनेछ । तर नेशनल भिसा सेन्टरले प्रकृया पूरा गरेर अन्तरवार्ताको लागि तयार भएका आवेदनहरु पनि थपिने क्रम जारी नै छ ।

हरेक महिना झण्डै २५ हजार आप्रवासी भिसाका आवेदनहरुको विश्वभरका दूतावास र कन्सुलेटहरुमा अन्तरवार्ता तय गरिदै आएको छ । सेप्टेम्बरमा २५ हजार ५ सय ६१ आवेदनको अन्तरवार्ता विश्वभरका दूतावास र कन्सुलेटहरुमा अन्तरवार्ता तय गरिएको थियो भने अगस्तमा ३३ हजार ३ सय ६ आवेदनको अन्तरवार्ता विश्वभरका दूतावास र कन्सुलेटहरुमा अन्तरवार्ता तय गरिएको थियो ।

अमेरिकी दूतावास काठमाडौं

जुलाईमा ३४ हजार ४ सय ८ आवेदनको अन्तरवार्ता तय भएको थियो । जुन महिनामा ३० हजार २३ सय २० आवेदनको अन्तरवार्ता तय भएको थियो भने मे महिनामा २२ हजार ५ सय ७६ आवेदनको अन्तरवार्ता तय भएको थियो । अप्रिलमा यो संख्या १८ हजार ९ सय ७९ रहेको थियो ।

विगतका महिनाको तुलना गर्दा मासिक भिसा अन्तरवार्ता तय भइसकेपछि अन्तरवार्ता तय हुन बाँकी रहेका आवेदनको संख्या केही घट्दो देखिएको छ । अक्टोबरको अन्तरवार्ता तय गरेपछि ४ लाख ६८ हजार ८ सय ९१ आवेदनको अन्तरवार्ता बाँकी रहेको थियो भने सेप्टेम्बरको अन्तरवार्ता तय गरेपछि ४ लाख ९१ हजार ४ सय ५ आवेदनको अन्तरवार्ता तय हुन बाँकी रहेको थियो ।

अगस्तको लागि अन्तरवार्ता तय भइसकेपछि अन्तरवार्ता तय हुन बाँकी आवेदनहरु ५ लाख १३ हजार ८ सय ८७ रहेका थिए । जुलाईमा यो संख्या ५ लाख ३१ हजार रहेको थियो भने जुनमा यो संख्या जुलाईको भन्दा केही कम ५ लाख ६ हजार २ सय २१ रहेको थियो । मे महिनामा यो ब्याकलग ४ लाख ८१ हजार ९ सय ६५ र अप्रिल महिनामा यो संख्या ४ लाख ७५ हजार ३१० रहेको थियो ।

अमेरिकी विदेशमन्त्रालयले ब्यालगको रिपोर्ट सार्वजनिक गर्न सुरु गरेयताको ७ महिनामा नै पहिलोपटक भिसाको ब्याकलग अहिले सबैभन्दा कम बिन्दुमा पुगेको हो । मार्च ३१ सम्म नेशनल भिसा सेन्टरले सबै प्रकृया पूरा भएर अन्तरवार्ताका लागि तयार पारेका आवेदनको संख्या ४ लाख ९४ हजार २ सय ८९ रहेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com