बोक्सीको आरोपमा महिलालाई कपाल खौरिएर मलमूत्र खुवाउने ४ जना पक्राउ


प्रकाशित मिति : कार्तिक १, २०७८ सोमबार

महोत्तरीमा बोक्सी आरोपमा महिलालाई मलमूत्र खुवाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा स्थानीय सिकिन्दर महतो, उनकी श्रीमती वर्ष ३२ की पुरनी देवी महतो, स्थानीय ६५ वर्षीया प्रमिला देवी महतो र २० वर्षीय अनिल महतो रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थलबाट पीडित महिलालाई बाँध्न प्रयोग भएको नाइलनको डोरी, पीडितको खौरिएको अवस्थामा कपालका टुक्राहरू, मलमूत्र खुवाउन प्रयोग गरिएको प्लास्टिकका ग्लास र बियरको बोतलसमेत बरामद गरेको छ ।

गत बुधबार बिहान ३ बजे सडकमै घुमफिर गरिरहेकी अवस्थामा सुकमरियालाई स्थानीय सिकिन्दर महतोलगायतले बोक्सीको आरोपमा कुटपिट गर्दै मलमूत्र खुवाई कपाल समेत खौरेर अपमानजनक ढंगले दुर्व्यवहार गरेको महोत्तरी प्रहरीले जानकारी दिएको छ ।

एकदिन अघि महोत्तरीको मडै गाउँमा भाउजूलाई बोक्सी भन्दै देवरले हत्या गरेका थिए । देवर सञ्जय कुमार झाले भाउजू शिलादेवीको घरमै सुतिरहेको अवस्थामा हथौडाले हानेर हत्या गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com