विजयादशमीको टीकासँगै मान्यजनकहाँ आशीर्वाद लिन जानेको चहलपहल


प्रकाशित मिति : आश्विन २९, २०७८ शुक्रबार

;fd”lxs 6Lsf nufpFb} c3f{vfFrL, @( c;f]h M c3f{vfFrLsf] ;lGwvs{– !) l:yt w/DkfgL eujtL 8f8fdf ;fd”lxs bz}F 6Lsf nufpFb} cfrfo{ kl/jf/ . t:jL/ M k|]dgf/fo0f cfrfo{÷/f;;

बडादसैँको मुख्य दिन आज विजयादशमीका अवसरमा बिहानको साइतमा घर घरमा मान्यजनबाट टीका, जमरा ग्रहण गरी ठूलाबडाका आशीर्वाद लिनजानेको चहलपहल देखिएको छ ।

घरमा टीका, जमरा ग्रहण गरेर मामाघर, ससुरालीलगायत आफूभन्दा ठूला मान्छेको हातबाट टीका थाप्न जानेको चहलपहल सडक एवं सार्वजनिक यातायातमा देखिन थालेको छ । योसँगै महाअष्टमी र महानवमीमा सुनसान भएको राजधानीमा सार्वजनिक र निजी यातायात केही बढी गुड्न थालेका छन् ।

आजदेखि कोजाग्रत पूर्णिमा अर्थात् कात्तिक २ गतेसम्म टाढा टाढा रहेका मान्यजनकहाँ पुगी नवदुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा ग्रहण गर्ने क्रम जारी रहन्छ । त्यसै दिन सबै बलिपूर्ति भएपछि टीका लगाउने क्रम अन्त्य हुन्छ । कोजाग्रत पूर्णिमाका अवसरमा त्यस दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो बडादशैँ अर्थात् दुर्गा पक्ष समाप्त हुन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com