मिथिलामा माता दुर्गाको खोँइछ भर्नेहरुको भीड, विधि निकै पौराणिक


प्रकाशित मिति : आश्विन २७, २०७८ बुधबार

जनकपुरधामको शक्ति पीठहरुमा खोँइछ भर्ने तथा लड्डु चढाउने भक्तजनको भीड लागेको छ । राजा जनकको कुलदेवीका रुपमा चनिने जनकपुरको प्रसिद्ध शक्ति पीठ राजदेवी मन्दिर, धनुषा रमदैयास्थित राजदेवी मन्दिर, महेन्द्रनगरको दुर्गा मन्दिर, महोत्तरीको सोनामाई मन्दिर, सप्तरीको छिन्नमस्ता भगवती मन्दिर र कङ्कालिनी मन्दिरलगायत शक्ति पीठहरुमा आज बिहानैदेखि श्रद्धालु भक्तजनहरुको भीड लागेको हो ।

सन्तानको दीर्घायु तथा पारिवारिक सुख, शान्ति तथा समृद्धिको कामना गर्दै मिथालानीहरु खोँइँछ भर्ने गर्दछन् । मिथिलामा माता दुर्गाको ‘खोँइछ’ भर्ने विधि निकै पौराणिक हो । सप्तमीको साँझदेखि नै मिथिलानीहरूले ‘खोँइछ’ भर्ने गर्दछन् । यस वर्ष तिथिको हेरफेरले गर्दा सप्तमी, अष्टमी र कतिपयले अष्टमीको राति १२ बजेपछि ‘खोँइछ’ भर्ने पण्डितहरू बताउँछन् ।

मिथिलामा छोरी घरबाट बाहिरिँदा उनलाई ‘खोँइछ’ दिने गरिन्छ । ‘खोँइछ’ मा पान, सुपारी, पैसा, धान वा चामल, सिन्दूर, बेसार, फूल र फल राखेर नयाँ कपडामा बाँधेर छोरीलाई दिने चलन छ । ‘खोँइछ’ भर्दा धनधान्यको प्राप्ति हुने र घरपरिवारमा सुखशान्ति हुने जनविश्वास रहेअनुसार मिथिलानीहरु दुर्गामाताको खोँइछ भर्ने गर्दछन् ।

खोँइछ भर्नका लागि हजारौँको सङ्ख्यामा महिलाहरु राजदेवी मन्दिरसहित रामानन्द चोक, मुरली चोकलगायतका स्थानमा खोँइछ भरिरहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै प्रसाद चढाउनका लागि गए राति ११ बजेदेखि नै ठूलो लाइन लागेको छ । राजदेवी मन्दिरमा प्रत्येक वर्ष खोँइछ भर्न महिलाहरुको भीड लाग्छ । जनकपुरमा आज रातिदेखि बलि दिने भएको छ । त्यसका लागि नेपालसहित भारतको सीमावर्ती क्षेत्रबाट श्रद्धालु भक्तजनहरु बोका बलिका लागि जनकपुर जाने गरेका छन् । प्रत्येक वर्ष राजदेवी मन्दिरमा मात्र हजारौँको सङ्ख्यामा बलि प्रदान हुने गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com