भ्याक्सिन लगाएकाहरुका लागि १९ महिनापछि मेक्सिको र क्यानडाको स्थल नाका खोल्दै अमेरिका


प्रकाशित मिति : आश्विन २७, २०७८ बुधबार

अमेरिकाले नोभेम्बरदेखि भ्याक्सिन लगाएका यात्रुहरुलाई मेक्सिको र क्यानडाको स्थलनाकाबाट अमेरिका प्रवेशको अनुमति दिने भएको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी अलेहान्द्रो मेयरकासले पूर्णरुपमा भ्याक्सिन लगाएकाहरुका लागि अमेरिकाको स्थल नाका खुला गरिएको घोषणा गरेका हुन् ।

सीडीसी र स्वास्थ्यविदहरुको सल्लाह अनुशार पूर्णरुपमा भ्याक्सिन लगाएका अत्यावश्यक बाहेकका अन्य यात्रुहरुलाई पनि स्थलनाकाबाट अमेरिका प्रवेश दिनेगी टाइटल १९ को नीति नियममा परिमार्जन गरिने भएको छ । भ्याक्सिन लगाएकाहरुले भिसा वा अन्य उपयुक्त कागजात पेश गरेर स्थल नाकाबाट प्रवेश पाउनेछन् ।

नोभेम्बरमा अमेरिकाले अन्तर्राष्ट्रिय यात्राका सन्दर्भमा पनि नयाँ नियम ल्याउन लागेकाले सोही नियमसँग मेल खानेगरी स्थल नाकाका सन्दर्भमा पनि नियम परिमार्जन गर्न लागेको हो । नोभेम्बरबाट अमेरिकामा पूर्णरुपमा भ्याक्सिन लगाएका सबै देशबाट आउने यात्रुहरुलाई प्रवेश दिइने भएको छ ।

अमेरिकाले बेलायत, युरोपियन युनियन लगायतका ३० देशबाट यात्रा गर्नका लागि प्रतिबन्ध लगाएकोमा नोभेम्बरदेखि ती देशबाट यात्रा गर्नका लागि पनि भ्याक्सिन लगाएकाहरुलाई छुट दिइने भएको छ । अमेरिका प्रवेशका लागि उनीहरुले भ्याक्सिन लगाएको प्रमाण र तीनदिनभित्र कोरोना परीक्षण गरेको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी अलेहान्द्रो मेयरकास

सोही नियमसँग मेल खानेगरी स्थल नाकाका सन्दर्भमा पनि भ्याक्सिन लगाएकाहरु अमेरिकामा पर्यटन, आफन्त र साथीहरुसँग भेटघाट लगायतका लागि स्थलनाकाबाट पनि आउन पाउने भएका छन् । नोभेम्बरबाट क्यानडा र मेक्सिकोबाट भ्याक्सिन लगाएका यात्रुहरुलाइै अमेरिका प्रवेश दिइनेछ । अत्यावश्यक यात्रुहरुले भने भ्याक्सिन नलगाएको भएपनि नेगेटिभ कोरोना रिपोर्टको आधारमा प्रवेश दिइएको छ । तर जनवरीदेखि अत्यावश्यक र अन्य सबैले स्थलनाकाबाट अमेरिका प्रवेशका लागि सवै विदेशी नागरिकहरुले पूर्णरुपमा भ्याक्सिन लगाएको प्रमाण पेश गर्नुपर्नेछ ।

अहिलेका लागि कोरोना महामारी कारण क्यानडा र मेक्सिकोको स्थलनाकाबाट अमेरिका प्रवेशमा गरिएको कडाई अक्टोबर २१ सम्म कायम छ । मेक्सिको र क्यानडाको स्थल नाकाबाट अत्यावश्यकबाहेकका अरु व्यक्तिलाई प्रवेशमा रोक कायम छ ।

कोरोना महामारीका कारण सन् २०२० को मार्चदेखि यस्तो प्रतिबन्ध लगाउन थालिएको हो । सुरुको प्रतिबन्ध अप्रिलमा समाप्त भएकोमा त्यसपछि एकएक महिना गर्दै थप गरिएको हो ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com