अमेरिकामा कागजपत्रविहिनलाई पक्राउ गर्न कार्यस्थलमा छापा नमारिने, काममा लगाउनेलाई खोजिने


प्रकाशित मिति : आश्विन २६, २०७८ मंगलबार

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी अलेहान्द्रो मेयरकासले कार्यस्थलमा कागजपत्रविहिन कामदारलाई पक्राउ गर्नका लागि सामुहिक छापा नमार्न इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आईसलाई निर्देशन दिएका छन् । वर्क परमिट नभएकाहरुलाई काममा लगाएर फाइदा लिने रोजगारदातालाई खोज्नमा बाइडेन प्रशासनले ध्यान केन्द्रीत गर्ने मेयरकासले बताएका छन् ।

दुब्र्यवहारपूर्ण वा शोषणपूर्ण श्रमको शिकार भएका वा साक्षी भएका कागजत्रविहिनलाई देशनिकाला हुनबाट संरक्षण प्रदान गर्ने विकल्पहरुबारे विचार गरिरहेको मेयरकासले आइसलाई पठाएको मेमोमा उल्लेख गरिएको छ । वर्क परमिट नभएका अनाधिकृत कामदारलाई शोषण गर्ने, गैरकानूनी गतिविधि गर्ने र असुरक्षित कामका शर्तहरुसहित काममा लगाउने रोजगारदाताका गतिविधि सह्य नहुने मेयरकासले स्पष्ट पारेका छन् ।

यो नयाँ आदेशले विगतमा क्लीन्टन र ओबामा प्रशासनले चालेका कदमलाई प्रतिबिम्बित गरेको छ । क्लीन्टनको पालामा श्रमबारे उजुरी गरेका कागजपत्रविहिन कामदारलाई देशनिकाला नगर्न प्रशासन सहमत भएको थियो । ओबामा प्रशासनले पनि कायैस्थलमा छापा मार्नुको साटो कागजपत्रविहिनलाई पहिचान गर्नका लागि अडिटमा भर परेको थियो ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले आइस, युएससीआईएस र सीबीपी लगायतका निकायलाई आप्रवासी कामदारमाथि रोजगारदाताको दुव्र्यबहारपूर्ण व्यवहारलाई सम्बोधन गर्न ६० दिनभित्र योजना निर्माणका लागि निर्देशन दिएको छ ।

मेमोको पूर्ण पाठ

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com