ग्रिनकार्ड लगायतका सन्दर्भमा ४ प्रकारका समस्या आउँदा यसरी गर्नुहोस् युएससीआईएसमा फोन


प्रकाशित मिति : आश्विन २६, २०७८ मंगलबार

युएससीआईएसले ग्रिनकार्ड लगायतका अध्यागमन विषयमा कहिले र कसरी प्रभावकारी रुपमा सम्पर्क गर्ने भन्ने सन्दर्भमा टिप्सहरु जारी गरेको छ । युएससीआईएसले कैयन जानकारीहरु अनलाइनमा नै राखेकाले सधै युएससीआइएसमा फोनबाट सम्पर्क गरिरहन आवश्यक हुँदैन । निश्चित प्रकारका सेवाहरुका लागि भने फोनबाट सम्पर्क गर्नु उपयुक्त हुन्छ ।

विभिन्न ४ प्रकारका अवस्थामामात्र युएससीआईएसमा फोनमार्फत सम्पर्क गर्न सुझाव दिइएको छ । बायोमेट्रिक अप्वाइन्टमेन्ट वा अन्तरवार्ताका लागि नयाँ मिति अनुरोध गर्न वा सार्न परेमा युएससीआईएसको सम्पर्क केन्द्रमा फोन गर्नुपर्छ । त्यस्तै आपतकालिन रुपमा यात्रा गर्नका लागि इमर्जेन्सी एड्भान्स परोल आवश्यक परेमा वा पासपोर्टमा छाप लगाउने लगायतका बैध स्थायी बासिन्दाको प्रमाण आवश्यक पर्ने अवस्था भएमा युएससीआईएसमा सम्पर्क गर्नुपर्छ ।

यदि युएससीआईएसको मापदण्डभित्र परेको खण्डमा आफ्नो आवेदनलाई तीब्र गतिको प्रकृयामा लैजान पनि युएससीआईएसमा फोन गर्नुपर्छ । समयमै फाइल गरेका र युएससीआईएसका अनुरोधको समयमै जवाफ दिएका आवेदनको सन्दर्भमा त्यस्ता आवेदनबारे छिटो निर्णय नलिए व्यक्ति वा कम्पनीमा कडा प्रकारको आर्थिक क्षति हुने अवस्थामा युएससीआईएस समक्ष शीघ्र निर्णयका लागि अनुरोध गर्न सकिन्छ ।

त्यस्तै आपतकालिन वा मानवीय कारणमा, अमेरिकाको सांस्कृतिक र सामाजिक रुचीमा पर्ने गैर नाफामुलक संस्थाहरुको अनुरोध भएमा, अमेरिकी सरकारको संघीय एजेन्सीहरु सम्बन्धित तत्काल निर्णय गर्नुपर्ने आवेदन भएमा र युएससीआइएसको गल्ती भएका आवेदनका सन्दर्भमा पनि तत्काल निर्णयको अनुरोध गर्न सकिन्छ । त्यसका लागि युएससीआईएसको सम्पर्क केन्द्रमा फोन गर्नुपर्छ । त्यस्तै कुनै आवेदनमा युएससीआईएसको सामान्य प्रकृया अवधिभन्दा लामो समय लागेको अवस्थामा र वास्तविक रुपमै सहायता आवश्यक भएको कुनै सन्दर्भमा पनि युएससीआईएसमा फोन गर्न सकिन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फोन गर्दा प्रतिनिधिसमक्ष नपुगी अटोमेटेड प्रणालीमा पनि जानसक्छ । आवेदकले फोनमा प्रत्यक्ष कुराकानी नगरिकनै गर्न सक्ने सेवाहरुका लागि यस्तो हुनसक्छ । व्यक्तिलाई प्रत्यक्ष कुराकानी गर्नैैपर्ने अवस्थाका लागि प्रत्यक्ष सहायता सेवा सुरक्षित गरिएको हुन्छ । कर्मचारीहरुको कमी लगायतका समस्याका कारण फोनमा प्रतिक्षा अवधि लामो हुने गरेको जनाइएको छ ।

सोमबारदेखि शुक्रबारसम्म न्युयोर्क समय विहान ८ बजेदेखि बेलुका ८ बजेसम्म फोन गर्न सकिन्छ । तर फोन गर्दा प्रतिनिधि नभेटिएको खण्डमा वा विकल्पकरुहरुले प्रतिनिधिसमक्ष नलगेको खण्डमा आफ्नो आवेदनबारेको सोधपुछ अनलाइनबाट पनि गर्न सकिनेछ । त्यस्तै युएससीआईएसमा अनलाइन एकाउन्ट खोलेर अनलाइनबाट फाइल गरिएको आवेदन वा कागजीरुपमा फाइल गरेर अनलाइनमा आवेदन कनेक्ट गरेको खण्डमा धेरै कुराहरु अनलाइनमै हेर्न सकिने व्यवस्था रहेको छ । युएससीआईएसबाट भएका अपडेट, जारी सुचना, थप कागजातका अनुरोध लगायत सबै अनलाइनमा हेर्न सकिन्छ ।

युएससीआईएसले तपाईलाई कलब्याक गर्नसक्ने प्रावधान समेत रहेको छ । पहिलोपटक कलब्याक गर्दा नउठेको खण्डमा युएससीआईएसले अर्को फोन गर्ने भन्दै सन्देश छाड्छ । दोश्रो कल ६० देखि ९० मिनेटभित्र गर्छ । दोश्रो प्रयासमा पनि फोन नउठेमा युएससीआईएसले यसबारे इमेल पठाउँछ । कहिलेकाँही युएससीआईएसका नाममा ठगहरुबाट पनि फोन आउनसक्ने भएकाले यसबारे सावधानी अपनाउन जरुरी हुन्छ ।

युएससीआईएसले फर्म जी २८ मा उल्लेख भएका कानूनी प्रतिनिधिसँगमात्र तपाईको आवेदनका बारेमा कुरा गर्नसक्छ अर्थात् सुचनाहरु उपलब्ध गराउन सक्छ । त्यहाँ उल्लेख नभएका अन्य व्यक्ति वा पारालिगललाई सुचनाहरु उपलब्ध गराउँदैन ।

युएससीआईएसमा फोन गर्दा सुरुमा पहिलो श्रेणीको कर्मचारीले फोनको जवाफ दिन्छन् । यदि तपाईको आवेदनमा युएससीआईएसको थप सहायता आवश्यक पर्ने भएमा दोश्रो श्रेणीको कर्मचारीलाई फोन ट्रान्सफर गरिन्छ । आपतकालिन अवस्थाका अनुरोधहरुमा दोश्रो श्रेणीका कर्मचारीहरुले सहायता उपलब्ध गराउँछन् । युएससीआईएसले अँग्रेजी र स्पानिस भाषामा सेवा उपलब्ध गराउँछ । त्यो बाहेक अन्य भाषा अनुवादक आवश्यक परेमा आफै व्यवस्था गर्नुपर्छ ।

युएससीआईएसमा फोन गर्दा सम्पर्क नम्बर ८०० ३७५ ५२८३ मा फोन गर्नुहोला ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com