‘चाडबाड आउँदा परदेशी सन्तानको यादले सताउँछ’


प्रकाशित मिति : आश्विन २६, २०७८ मंगलबार

“नमुछे आमा दहीमा टीका नछरे जमरा । दैवले पर्दा उठायो आमा आउँदिन फर्केर ।” दसैँका समयमाा बज्ने प्रसिद्ध गायक नारायण रायमाझीको यो गीत सुन्दा कसको पो मन भक्कानिँदैन र रु स्वदेशमा रोजगारीका अवसर नहुँदा विदेसिन बाध्य लाखौँ नेपाली युवाका परिवारमा यतिखेर दसैँ, तिहार, छठ जस्ता महान् चाड नजिकिँदै गर्दा खुसीभन्दा पनि चिन्ता भरिएको देखिन्छ ।

परदेशमा रहेको छोरा दसैँको बेला घर नआउँदा आमाको मन नराम्रोसँग कँुडिएको छ । घरको पिँढीमा बसेर त्यही परदेशी छोरालाई सम्झेर बस्नु यतिखेर उनीहरूको दैनिकी जस्तै बनेको छ ।

“दसैँ लाग्यो यसपालि पनि घर आउन पाइएन आमा भनेर छोराले फोनमा भन्यो, सबैका छोरा घरमा आउँदा परदेशमा भएको छोरालाई सम्भmेर मन साह्रै रुन्छ”, यस्तै बिलौना पोख्नुहुन्छ, रामपुर नगरपालिका५ स्थित सुन्दरटोलकी ६२ वर्षीया अम्बिका न्यौपाने ।

उहाँका पाँच भाइ छोरा र एक छोरीमध्ये साथमा दुई छोरा मात्रै घरमा छन् । अरू सबै परदेशी भूमिमा छन् । वर्षदिनमा एकपटक आउने ठूलो चाडपर्वले परदेशमा भएका छोराछोरी घर नफर्कंदा बेलाबेलामा मन भक्कानिएर आउने गरेको उहाँ बताउनुहुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“तीन भाइ छोरा कुबेत र दुबईको रोजगारीमा छन्, एक छोरी घरजम गरेर भारतमा बसोबास गर्छिन्, यसपालि पनि परदेशमा भएका सबै छोराछोरी घर नआउने भए,” दुःख व्यक्त गर्दै उहाँले भन्नुभयो, “दसैँमा घर आउन मन थियो तर छुट्टी पाइएन आमा नरोइर्कन दसैँ मनाउनु भनेर छोराछोरीले फोन गरेर भने, त्यो भनेपछि झनै मन थामिएको छैन ।”

चाडपर्वका बेला मिठोमसिनो घरमा पाक्दा पनि रातदिन परदेशमा रहेका छोराछोरीलाई उहाँ सम्झनुहुन्छ । उहाँलाई दसैँ नजिकिँदै गर्दा घरमा भएको छोरा परदेशमा झोला बोकेर निस्कँदा झन् पीडाबोध भएको छ । “दुई भाइ छोरा परदेशमा थिए, अर्को घरमा भएको छोरा पनि घटस्थापनाको अघिल्लो दिन मात्रै परदेशको बाटो लाग्यो, बुबाआमालाई सधैँ छोराछोरी काखमै भए हुन्थ्यो भन्ने लाग्छ, तीनै परदेशी छोराछोरीलाई सम्झेर रुँदै दिनरात बितेको छ,” उहाँले आँसु पुछ्दै भन्नुभयो ।

घरभित्र उमारिएका जमरा, छरछिमेकका छोराछोरी घरमा भित्रँदा बुबाआमालाई अझ बढी आफ्ना सन्ततिको यादले झस्काइदिन्छ । यतिबेला दसैँ पर्व मनाउन स्वदेश तथा विदेशमा रहेका नेपाली घर फर्कंदा गाउँमा चहलपहल छ । सहर बजार सुनसान बनेका छन् ।

स्वदेशमा जागिर पाइएन, विदेश पठाउनुपर्ने बाध्यता चाडपर्व आउँदा छोराछोरीकै झल्को आउने ७४ वर्षीय चुडामणि न्यौपाने बताउनुहुन्छ ।

“नातिनातिना र बुहारीलाई हेरेर चित्त बुझाउने त होला नि, कमाई पनि गर्नै प¥यो तर ठूलाठूला चाडपर्वमा छिमेकीका छोराछोरी झोला बोकेर घर आउँदा हाम्रा पनि आइदिए हुन्थ्यो भन्ने लाग्दोरहेछ”, उहाँले भन्नुभयो ।

उहाँ भन्नुहुन्छ, “हाम्रा पालामा त विदेश जाने चलन नै थिएन, गाउँमै कुटो कोदालो गरेर जीवन धानियो, अहिले त गाउँमा बसेर कोही काम गर्दैनन्, विदेशमा पैसा रूखमै टिप्न पाइने झैँ गरेर उतै दौडिन्छन् ।” “ए परदेशी आऊ है गाउँमै दसैँ तिहार आइसक्यो झल्को लाइसक्यो,” लोकगायिका विष्णु माझीको यो गीतले पनि परदेसिएका नेपालीका परिवारको मन झस्काइदिएको छ । परदेशमा रहेका सन्तति, श्रीमान्, आफन्तसँगसँगै बसेर दसैँ मनाउने रहर कस्लाई पो नहोला र रु

परदेशको जागिर भनेको समयमा छुट्टी नमिल्दा दसँै पर्वमा घर जान नपाउँदाको पीडा परदेशीका पनि उत्तिकै छन् । यसपालीको दशैँमा पनि परदेशीको छुट्टी नमिल्दा चाडपर्व आउँदा पनि नरमाइलो लागेको अनुभव सुनाउनुहुन्छ, लिमिसरा राना ।

“गाउँमा जताततै चाडपर्वको रौनक छ, श्रीमान् परदेशमा हुनुहुन्छ, मनमा पीर त हुन्छ नै तर पनि चित्त बुझाउनै प¥यो,” उहाँले भन्नुभयो ।

चाडपर्व घरपरिवारसँगै रमाइलो गरी मनाउने रहर भए पनि मनभित्रै पीडा र वेदनालाई लुकाएर परदेशी भूमिमा बस्नु परेको पाल्पा रामपुरका कमल पराजुलीले बताउनुभयो ।

अर्काको अधीनमा बसेर काम गर्नुप-यो, भनेको समयमा घर जान नपाइने, चाडपर्वको बेला घरपरिवार, आफन्त र गाउँको बढी याद आउने गरेको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार विदेशमा रहे पनि नेपाली मुलुकका साथीभाइबीच एकापसमा सँगै बसेर परम्परा र संस्कृति धान्दै दसैँ मनाउने गरिएको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com