कार्तिक १० गतेदेखि नेपाली कामदार कोरिया जान पाउने,प्राथमिकतामा पुरानै कामदार


प्रकाशित मिति : आश्विन २४, २०७८ आईतबार

कोरोनाभाइरसका कारण लामो समयदेखि अवरुद्ध रहेको कोरिया रोजगारी कात्तिक दोस्रो सातादेखि खुल्ने भएको छ । कात्तिकको दोस्रो साताबाट  नेपाली कामदार कोरिया जान पाउने भएका हुन् ।

पहिले काम गरेर फर्किएर आएका ५० जना कामदार कार्तिक १० गते जाने र त्यसपछि अरू कामदार जान पाउने छन् । नेपाल र कोरिया सरकारबीच भएको श्रम सम्झौता अनुसार सन् २००८ देखि कोरियाले नेपाली कामदारहरु लिँदै आएको छ।

भाषा र सीप परीक्षा उत्तीर्ण गरेर नेपाली कामदार कोरिया जाने प्रक्रिया २० महिना देखि कोरोनाभाइरसका कारण रोकिएको थियो ।

करियाले ११९ जना कामदारको नाम पठाएको वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्लेले बताए । उनले भने ‘तीमध्ये कार्तिकको १० गते पहिलो उडानमा ५० जना पठाउँछौँ। त्यसपछिको उडान कहिले हुन्छ भन्ने निश्चित भइसकेको छैन।’ वैदेशिक रोजगारीमा जानका निम्ति नेपाली युवाहरूलाई कोभिड खोप दिइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पहिले काम गरेर आइसकेका त्यस्ता कामदारको सङ्ख्या ३ हजारको हाराहारीमा रहेको अनि भाषा र सीप परीक्षा उत्तीर्ण गरेर बसेका कामदारको सङ्ख्या ७ हजारको हाराहारीमा रहेका छन् । भने यस वर्षको भाषा परीक्षा हुने वा नहुने भन्नेमा अझै टुङ्गो नभएको अधिकारीहरूले बताएका छन्।

परीक्षाका लागि आवश्यक भौतिक पूर्वाधारको निर्माण जारी रहे पनि पहिले उत्तीर्ण गरेका कामदारलाई पठाएर मात्रै अर्को परीक्षा गर्दा सहज हुने उनीहरूको भनाई छ । हालसम्म कोरियामा कामदारका रूपमा ६० हजार नेपाली गइसकेकोमा ३१ हजारको हाराहारीमा अहिले पनि कोरियामै रोजगारीमा रहेको बताइएको छ

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com