कोरोना महामारीपछि मनोरोगी बढे,यसबाट बचाउन परिवार, समाज र राष्ट्रको ठूलो भूमिका हुन्छ : मनो चिकित्सक


प्रकाशित मिति : आश्विन २४, २०७८ आईतबार

तनावपूर्ण र अस्वस्थ जीवनशैली मनोरोग बढाउने मुख्य कारक रहेको चिकित्सकले बताएका छन् । सामाजिक, आर्थिक, वातावरणीय प्रभाव र कुलतका कारण पनि मनोरोग हुने उनीहरुको भनाइ छ । समयमै उपचार गरेमा रोगबाट बच्न सकिने जनाइएको छ ।

मनो चिकित्सक डा गिरिराज भन्तना तनावपूर्ण वातावरण घटाउनु पर्ने र स्वस्थ जीवनशैली अपनाउनुपर्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “ यसबाट बचाउनका लागि परिवार, समाज र राष्ट्रको भूमिका हुन्छ ।” बंशाणुगत हिसाबले जोखिममा रहेका व्यक्तिलाई वातावरणीय अनुकूलता मिलाउनुपर्ने उहाँको भनाइ छ । ब्युटीफूल माइण्ड इन्स्टिच्युट अफ साइक्याट्री, खैरहनीका अध्यक्षसमेत रहनुभएका डा भन्तना मदिरा लागुऔषध दुव्र्यसनीमा मनोरोगको जोखिम बढी हुने बताउनुहुन्छ ।

रोग लागिहालेमा विशेषज्ञ चिकित्सकसँग समयमा नै उपचार गरेमा निको हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “व्यक्तिसँग सुहाउँदा वातावरणीय अनुकूलता मिलाउनुपर्छ । त्यही खालको व्यवहार मिलाउनुपर्छ ।” लामो समय रोगलाई पालेर नबस्न डा भन्तना सुझाव दिनुहुन्छ ।

भरतपुर अस्पतालका मानसिक रोग विभागका प्रमुख डा सुनिल साह विशेषगरी कोरोना महामारीपछि विभिन्न समस्या लिएर बिरामी आउने गरेको बताउनुहुन्छ । सङ्क्रमणका समयमा नियमित चेक नगरेका र औषधि प्रयोग नगरेका पूर्ववत् अवस्थामा जटिल समस्या लिएर आउने गरेको उहाँ बताउनुहुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

महामारीपछि पेशा तथा रोजगारी गुमाएर, लामो समय परिवार एकै ठाउँमा बस्दा झैझगडा भएर पनि समस्या आएको उहाँको बुझाइ छ । मध्यम र न्यून आय भएका देशमा मानसिक समस्या बढेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “जनचेतनाको कमी छ । मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई उपचार पहुँच छैन ।”

समाजबाट उनीहरु अपहेलित भएको जनाउँदै उहाँले समयमै उपचारका लागि अस्पताल लैजानुको सट्टा धामीझाँक्रीकामा लैजाने प्रचलन अहिले पनि रहेको बताउनुभयो । रोग नियन्त्रणका लागि परिवार र समाजको महत्वपूर्ण भूमिका हुने साह बताउनुहुन्छ । मानसिक रोगसम्बन्धी जनचेतना जगाएर समयमै अस्पताल पठाएर उपचार गर्न सकिएमा रोग निको पार्न सकिने डा साहको भनाइ छ ।

मनोरोग विशेषज्ञ डा सिर्जना भुर्तेल स्वस्थ जीवनशैली अपनाउनसके धेरै मनोरोग नियन्त्रण गर्न सकिने बताउनुहुन्छ । सामान्य स्वस्थ जीवनशैली अपनाउने, शारीरिक श्रम र व्यापार गर्ने, आफ्ना कुरा अरुलाई बाँड्ने (शेयर गर्ने) गरियो भने धेरैजसो मनोरोग नियन्त्रण गर्न सकिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “कुलतमा लागेमा, कसैको आनीबानी र व्यवहार परिवर्तन भएमा तुरुन्त चिकित्सकको परामर्श लिनुपर्छ ।”

सामान्य अवस्थामा मानिसको सोच, विचार र व्यवहारमा आउने परिवर्तनलाई मनोरोग भनिने बताउँदै उहाँले भन्नुभयो, “निराश हुनु, राति निन्द्रा नपर्नु, खाना मन नलाग्नु, आत्महत्याको सोच आउनु जस्तो लक्षण मनोरोगका हुन् ।” छड्पटी हुनु, जाँगर नलाग्नु, जिउ पोल्नु, जोर्नी पोल्नु, चिन्ता बढ्नु तर परीक्षण गर्दा केही रोग नदेखिनुलाई मनोरोग भनिने गरेको उहाँको भनाइ छ ।

पारिवारिक, सामाजिक, आर्थिक, वातावरणमा भइरहेका कुराले असर गरेर मानसिक रोग हुने उहाँ बताउनुहुन्छ । मनोरोगका धेरै भ्रम छन् । रोग लागेको मानिससँग विवाह गर्न हुँदैन, यो रोग सरुवा रोग हो, यो रोग एकपटक लागेपछि जीवनभर औषधि खानुपर्छ भन्ने गलत मान्यता रहेको चिकित्सक बताउँछन् । मुख्यरुपमा आफ्ना कुराहरु बाँड्ने, आफ्नो कुरा सुनाउने र अरुको कुरा सुन्ने गर्नुपर्ने चिकित्सकको भनाइ छ ।

मनोरोगबाट बच्नका लागि स्वस्थ जीवनशैली अपनाउन उहाँहरुको सुझाव छ । दैनिक व्यायाम, योगा गर्ने, हिँड्ने, निर्धारित समयमा सुत्ने, उठ्ने र खाने गर्नुपर्छ । स्वस्थ मानिसले छ देखि आठ घण्टाको मीठो निन्द्रा निदाउनु पर्दछ । पानी प्रशस्त पिउनुपर्छ । आफ्नो मनोरञ्जनको समय निकाल्ने र मनोरञ्जन गर्ने गर्नुपर्ने चिकित्सक बताउँछन् । चिकित्सक सबैको भनाइमा मनोरोग नियन्त्रण गर्न परिवारले उपयुक्त वातावरण बनाउनुपर्ने देखिन्छ ।रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com