नेपालमा विगत २४ घण्टामा ७६० जनामा कोरोना सङक्रमण, सोमबार यताको सबैभन्दा कम


प्रकाशित मिति : आश्विन २३, २०७८ शनिबार

विगत २४ घण्टामा ७६० जनामा कोरोना भाइरसको सङक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार १२ हजार ३१ जनामा कोरोना परीक्षण गर्दा ७६० जनामा सङ्क्रमण देखिएको हो ।

आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित १५ हजार ३४० रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला आठ र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला २० छन् । पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की र रुपन्देही छन् ।

पछिल्लो २४ घण्टामा ८९९ जना सङ्क्रमणबाट निको भएका छन् । आजसँगै अहिलेसम्म सङ्क्रमणमुक्त हुने सात लाख ७५ हजार ७२ पुगेका छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६.७ प्रतिशत छ ।

टेकु स्थीत शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका डाक्टर श्रवण कुमार मण्डल कोरोना संक्रमित आफ्ना आमा र बुबाको उपचार गर्दै । फोटो:  दीपेन्द्र ढुंगाना

यस्तै सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा ११ जनाको ज्यान गएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार २२१ जनाको निधन भइसकेको छ । हाल देशभर ३१७ सघन उपचारकक्ष (आइसीयू), ११३ भेन्टिलेटर, १४ हजार १६८ होम आइसोलेशन, एक हजार १७२ संस्थागत आइसोलेशन र २३६ जना क्वारेन्टिनमा छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आज ९० हजार ९९३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म पहिलो मात्रा ८१ लाख २७ हजार २६२ र पूर्ण मात्रा ६४ लाख ४६ हजार ९५७ जनाले लगाइसकेको मन्त्रालयले जनाएको छ ।

शुक्रबार ७६४ जना संक्रमित थपिएका थिए भने बिहिबार ८०५ जना संक्रमित थपिएका थिए । त्यस्तै बुधबार १०४३ जना नयाँ संक्रमित थपिएका थिए । मंगलबार ९६८ जना नयाँ संक्रमित थपिएका थिए । सोमबार १०३० जना नयाँ संक्रमित थपिएको विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको थियो ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com