लन्डन ब्रिजमा ‘चक्कु र भ्यान घटना’ मा २० भन्दा बढी घाइते


प्रकाशित मिति : जेष्ठ २१, २०७४ आईतबार

गणेश पाण्डेय / युरोप

बेलायतको राजधानी लण्डनको मुटुमा रहेको लन्डन ब्रिज मा भएको एक घटनामामा भ्यानले २० भन्दा पनि बढी मानिसहरुलाई किचेको खबर छ। त्यहाँ घाइते र पैदल यात्रीहरुलाई ३ जनाले १२ इन्चभन्दा पनि लामो चक्कुले प्रहार गरी घाइते र हताहत बनाएको ब्रिटिश परिवहन प्रहरीले बताएको छ।

घटना भएको बेला महानगरीय प्रहरीको सशस्त्र अधिकारीहरू नजिकैको बोरो बजार मा पनि थिए जो घटनास्थल तुरुन्तै पुगेका थिए र तीन संकास्पद व्यक्तिहरुको खोजि कार्यमा लागेका थिए। घटनास्थलमा सुचनाका साथै धेरै जना प्रतक्ष्यदर्शी पनि रहेको जानकारी प्राप्त भएको छ।

बेलायती प्रधानमन्त्रीको कार्यालय “डाउनिंग स्ट्रिट” भन्छ : “बेलायती प्रधानमन्त्री अधिकारीहरुसंग लगातार सम्पर्कमा छन र लन्डन ब्रिजमा भएको घटना नियमित रूपमा जानकारी लिने काम भइरहेको छ।” सो घटनापछि लन्डन ब्रिज क्षेत्र दुवै दिशामा बन्द गरिएको छ। ”

लगभग ५० माइल प्रति घण्टाको स्पिडमा आएको सेतो भ्यानले मान्छेहरुलाई किचेको थियो। त्यसपछि भ्यानबाट आएका ३ जनाले पैदल यात्रीहरु र घाइतेहरुलाई चक्कु प्रहार गरेका थिए। ” एक प्रतक्ष्यदर्शीले बताए।

तुरुन्तै घटनास्थल पुगेको एम्बुलेन्स र फ्यरामेडिकको टोलीले घाइतेहरुको उपचारमा संलग्न भएका थिए। सो घटना कसले र किन गराएको भन्ने कुराको रिपोर्ट आउन बाकि भएतापनि लण्डन महानगरीय प्रहरीले आतंककारी हमलाको संज्ञा दिएको छ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com