नेपाली गीतसंगीत विना रोयल्टी ब्यापारिक क्षेत्रमा प्रयोग, नेप्सिनेबाट लाइसेन्सिङ सुरु


प्रकाशित मिति : आश्विन २२, २०७८ शुक्रबार

देशभित्र र र देशबाहिर नेपाली गीतसंगीतको प्रयोग ब्यापारिक क्षेत्रमा प्रयोग हुँदै आएको छ । तर नेपाली गीतसंगीतले त्यसको उचित रोयल्टी भने पाउन सकेको छैन । अब यसलाई व्यवस्थीत गर्ने दिशामा अगाडि बढेको छ नेपाली चलचित्र, गीतसंगीत, कला तथा संस्कृतिको अन्तर्राष्ट्रिय प्रवर्द्धन र बजार व्यवस्थापन गर्दै आएको कम्पनी नेप्सिने

बिहिबार काठमाडौंको होटल र्‍याडिसनमा एक कार्यक्रम गर्दै नेप्सिनेले संगीत अधिकार व्यवस्थापन र लाइसेन्सिङ सेवाको औपचारिक सुरुवात गरेको घोषणा गरेको छ । नेपालमै पहिलोपटक सुरुवात गरिएको यस सेवाले गीत तथा संगीतका रचना अनि निर्माणमा प्रमुख भूमिका खेल्ने गीतकार, संगीतकार, निर्माता, प्रस्तोता तथा प्राविधिकहरुको हक, अधिकारको उचित व्यवस्थापन गर्दै, नेपाली गीत संगीतको सार्वजनिक वा व्यवसायिक प्रयोग गर्ने प्रयोगकर्तालाई कानूनी दायरामा ल्याउन महत्तोपूर्ण भूमिका खेल्ने कम्पनीको दावी छ ।

गीत तथा संगीतको व्यवसायिक या सार्वजनिक प्रयोग गर्दा सरोकारवाला अधिकार धनीको अनिवार्य रुपमा अनुमति लिएर संगीत रोयल्टी बुझाउनु पर्ने अन्तरराष्ट्रिय नियम रहे पनि यो नियमको पालना नेपाली गीत संगीतका प्रयोगकर्ताले खासै गरेको पाइदैन । यही अवस्थालाई परिबर्तन गर्न र नेपाली संगीत तथा कलाकर्मीको अधिकार स्थापित गर्न संगीत लाईसेन्सिङ्ग सेवाको सुरुवात गरिएको नेप्सिनेले जनाएको छ ।

साथसाथै यो सेवा पुर्ण रुपमा पारदर्शी र उत्तरदायि बनाउन प्रयोगकर्ता र अधिकार धनी दुवैलाई आफ्ना आर्थिक तथा अन्य सम्बन्धित विवरणहरु खुला र निर्वाध रुपमा हेर्न र खोज्न सकिने गरी पोर्टल एक्सेसको व्यवस्था समेत गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बिहिबार काठमाडौंमा आयोजित नेप्सिेनेको कार्यक्रम । फोटो: दीपेन्द्र ढुंगाना

१५० भन्दा बढीलाई रोयल्टी वितरण

नेप्सिनेले विभिन्न विधाका १५० भन्दा बढी स्रष्टालाई सम्मान गर्दै विभिन्न देशबाट विगत तीन महिनामा संकलन गरिएको उनीहरुको रोयल्टी पनि वितरण गरेको छ । रोयल्टी प्राप्त गर्ने स्रष्टाहरुमा अग्रज रञ्जित गजमेर, कुसुम गजमेर, शम्भुजित बासकोटा, तुलसी घिमिरे, राजेन्द्र थापा, विप्लव प्रतिकदेखि नयाँ पुस्ताका अर्जुन पोखरेल, वसन्त सापकोटा, राजनराज शिवाकोटी, दीपक शर्मा, हरि लम्साल, विपिन किरण, बाबु बोगटी, वसन्त थापा, विजय लामा, अमृत घोले लामा, अनिता चलाउने, विश्व नेपाली, चक्र बम, दिग्गज धौराली, डीपी खनाल रहेका छन ।

त्यस्तै रामचन्द्र काफले, गोविन्द गैरे, हिमांशु रायमाझी, कमल खत्री, किरण भुजेल, किशन रेग्मी, कृष्ण काफले, लेखु सहयात्री, लोकराज अधिकारी, मदन सेञ्चुरी, मानष राज, नरेश बिबिसी, नवराज कलाउनी, निशा शर्मा अर्याल, राजेन्द्र भट्ट, राजेन्द्र रिजाल, रकेन म्युजिक, सरोज साजन श्रेष्ठ, शंकरलाल थापा, सुभाष भुषाल, सुदिप लम्साल लगायतलाई रोयल्टी रकम प्रदान गरिएको छ ।

बिहिबार काठमाडौंमा आयोजित नेप्सिेनेको कार्यक्रमको एक झलक । तस्वीर: नेप्सिने

नेपाली कला तथा संगीत क्षेत्रमा रहेको अधिकार र रोयल्टीको बिकराल समस्यालाई सम्बोधन गर्दै एक निजी कम्पनीले स्रष्टाका रोयल्टी संकलन गरेर वितरण गरेको यो नै पहिलोपटक हो । आफुले सिर्जना गरेका सृजनाहरु सर्बाधिक लोकप्रिय भई बिस्वब्यापी रुपमा निरन्तर भोग चलन हुदाहुदै पनि आर्थिक अनि सामाजिक समस्यामा उझेलिनु पर्ने स्रजकका कारुणिक अवस्थाको अन्त्य गर्दै, नेपाली कला र सांगीतिक क्षेत्रलाई समय सुहाउदो बिकासको बाटो तर्फ लैजाने नेप्सिनेको मुख्य उदेश्य रहेको नेप्सिनेका प्रमुख संचालन अधिकृत विधान कार्कीले बताए ।

बिहिबार काठमाडौंमा आयोजित नेप्सिेनेको कार्यक्रमको एक झलक । तस्वीर: नेप्सिने

नेप्सिनेले सम्पूर्ण संगीत निर्माता, गीतकार, स‌गीतकारहरुलाई नेप्सिनेसंग जोडिएर यो सुविधाको लाभ लिन आह्वान गरेको छ । साथै अबको दुई वर्षभित्र नेप्सिनेले आफ्ना सम्पूर्ण सदस्यहरु लक्षित गरी पूर्ण मेडिकल सेवा प्रदान गर्ने बताएको छ ।

के हो नेप्सिने ?

नेप्सिने विगत एक दशकदेखि अन्तर्राष्ट्रियस्तरमा नेपाली गीतसंगीत तथा चलचित्रको प्रबर्धन र बजार व्यवस्थापन गर्दै आएको कम्पनी हो ।

यस सेवाको थालनीसँगै अब यो कम्पनीले नेपाली गीतसंगीतमा रहेको अधिकार धनीको प्रतिलिपि अधिकार व्यवस्थापन गर्नेछ र त्यसता अधिकारको सार्वजनिक वा व्यवसायिक प्रयोग गर्न कानुनी अनुमति प्रदान गर्ने जनाएको छ ।

नेप्सिनेका संंस्थापक एवं कार्यकारी प्रमुख रायन रेज हुन् । नेपाल म्युजिक भिडियो निर्देशक समाजका अध्यक्ष समेत रहेका विधान कार्की ग्लोबल प्रमुख संचालन अधिकृत हुन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com