लण्डन घटना ‘सम्भावित आतंकवादी घटना’


प्रकाशित मिति : जेष्ठ २१, २०७४ आईतबार

लण्डन ब्रिज, बरा मार्केट तथा भक्सहल क्षेत्रमा भएका घटनापछि एक विज्ञप्ती जारी गर्दै ब्रिटिश प्रधानमन्त्री टरिजा मे ले ती घटनालाई सम्भावित आतंकवादी घटना मान्दै छानविन भइरहेको बताएकी छन्।

“यो घटनाक्रम तीव्ररुपमा छानविन हुँदैछ। म घटनास्थलमा पुगेका प्रहरी तथा आपतकालीन सेवा प्रदायकप्रति आभार व्यक्त गर्न चाहन्छु। यी भयानक घटनामा परेकाहरुको कुशलताका निम्ति हामी प्रार्थना गर्छौं।”

साथै विपक्षी दलका नेता जेरेमी कोर्बिनले घटनालाई निर्दयी भनेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस घडीमा अमेरिका ब्रिटेन तथा लण्डनको साथमा रहेको भन्दै ट्वीट गरेका छन्।

म्यानचेष्टर शहरमा एक पप कन्सर्टका बेला भएको आत्मघाती विष्फोटमा २२ जना मारिएको दुई साता नवित्दै यी घटना भएका छन्।

बीबीसी नेपालीबाट

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com