चाडपर्वमा भारतबाट भित्रिने नेपाली बढ्दा सङ्क्रमणको थप जोखिमबारे विज्ञहरु चिन्तित


प्रकाशित मिति : आश्विन २१, २०७८ बिहीबार

कोरोना भाइरस सङ्क्रमणको समस्या रहेको भारतबाट स्वदेश फर्किने नेपाली बढ्दै जाँदा कोरोना भाइरस सङ्क्रमणको थप जोखिमबारे विज्ञहरु चिन्तित भएका छन् ।

स्वास्थ्य निर्देशनालय दिपायलका निर्देशक डा गुणराज अवस्थीले चाडपर्व नजिकिएसँगै कोरोना सङ्क्रमित देश भारतबाट भित्रिने नेपाली बढ्दा कोरोना भाइरसको जोखिम पनि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “चाडपर्व नजिकिएसँगै पछिल्ला दिनमा सीमानाकाबाट भित्रिने बढ्दै जाँदा जोखिम थप बढेकाले थप सचेत हुनुपर्ने देखिएको छ ।”

भित्रिनेको परीक्षण गराउन असहज

त्रिनगर सीमानाका (कैलाली)मा सञ्चालित हेल्थ डेस्कका अहेब गणेश साउदले पछिल्ला दिनमा भारतबाट घर फर्किने नेपालीको भीड ह्वात्तै बढ्दा भित्रिनेलाई लामबद्ध गराएर नमूना परीक्षण गराउन केही असहज पनि भइरहेको बताउनुभयो । दसैँ तिहारजस्ता मुख्य चाड पर्व मनाउन भारतका विभिन्न सहरमा काम गर्दै आएका नेपाली केही समयको बिदामा घर फर्किन गर्दछन् ।

सुदूरपश्चिमका बासिन्दाको रोजगारीको मुख्य गन्तव्यस्थल भारत रहेको छ । हाल दैनिक बढीमा ८०० को सङ्ख्याका नेपाली कैलालीको त्रिनगर सीमानाकाबाट भित्रिने गरेका छन् । “सीमानाकाबाट भित्रिनेको एन्टिजेन पद्धतिबाट नमूना परीक्षणको काम गरेर सकेसम्म आवागमन सहजीकरण गरिरहेका छौँ”, साउदले भन्नुभयो, “लक्षणसहित पोजेटिभ नतिजा देखिनेलाई सेती प्रादेशिक अस्पतालमा र लक्षण नदेखिने तर नतिजा पोजेटिभ देखिनेलाई धनगढीको कनरीस्थित आइसोलेसनमा पठाउने गरेका छौँ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कुनै व्यक्तिमा कोरोनाको जस्तो लक्षण देखिने भए पनि नमूना परीक्षण गर्दा नतिजा नेगेटिभ आउने र लक्षण नदेखिए पनि कुनै व्यक्तिको नमूना परीक्षणमा नतिजा पोजेटिभ देखाउँदा अन्योल सिर्जना भइरहेको साउदले बताउनुभयो । उहाँले भन्नुभयो, “यस्तो खालको नतिजा कुनै कुनै व्यक्तिको हकमा देखिँदा अन्योल सिर्जना भइरहेको छ ।”

त्रिनगर नाकाबाट दैनिक भित्रिनेमध्ये ६० देखि ८० प्रतिशत नागरिकको एन्टिजेन पद्धतिबाट नमूना परीक्षण भइरहेको छ ।

हेल्थ डेस्कमा सबै व्यक्तिको नभई कोरोनाका शङ्कास्पद समूहका व्यक्तिको मात्र नमूना परीक्षण गर्ने गरिएको छ ।

ग्रामीण क्षेत्रमा स्वास्थ्य सुरक्षाका मापदण्डको वेवास्ता

दसैँ तिहारजस्ता मुख्य चाडपर्व नजिकिएसँगै बजारमा किनमेल गर्नेको भीडभाड बढेको भए पनि सङ्क्रमणबाट जोगिन मास्क र स्यानिटाइजर प्रयोग गर्नेजस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड पालनमा वेवास्ता भइरहँदा पनि जोखिम बढेको स्वास्थ्यकर्मीको भनाइ छ ।

सहरी क्षेत्रमा कतिपयले स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गरेको देखिए पनि ग्रामीण क्षेत्रमा अधिकांश व्यक्तिले स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेको देखिँदैन । गत वैशाख र जेठमा यो रोगको सङ्क्रमण उच्च रहेको कोरोना सङ्क्रमण दर असार सुरु भएसँगै घट्दै गएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घन्टामा सुदूरपश्चिम प्रदेशमा एक हजार ६३२ को नमूना परीक्षण गर्दा २३ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ ।

प्रदेशमा हालसम्म नमूना परीक्षण गरिएका तीन लाख ५६ हजार ८६० व्यक्तिमध्ये ४७ हजार ३७९ मा कोरोनाको सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये ४६ हजार ७१० जना उपचार व्यवस्थापनपछि घर फर्किएका छन् । पछिल्लो महिनामा कोरोना भाइरससँग मिल्ने लक्षण देखिए पनि धेरै सर्वसाधारणले आफ्नो नमूना परीक्षण गराउन डराउन थालेका छन् ।

नमूना परीक्षण गराउँदा आउने पोजेटिभ नतिजाले मानसिक तनाव हुने भन्दै धेरै नागरिकले आफ्नो नमूना परीक्षण गराउन नमानेको अहेब भक्तबहादुर विष्ट बताउनुहुन्छ । “पोजेटिभ नतिजा आउनेमध्ये कतिपयले डर मान्ने मानसिकता देखिन्छ”, विष्टले भन्नुभयो, “बलियो आत्मबल भएकामा भने यस्तो समस्या देखिँदैन ।”

नाकामा नयाँ मापदण्ड

यसैबीच सीमानाकाबाट भित्रिने दैनिक बढ्न थालेपछि बढेको कोरोना सङ्क्रमणको जोखिमका बीच नेपाल–भारत सीमानाकामा आवागमन गर्नेको लागि मापदण्ड तोकिएको छ । जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार कोरोना भाइरसको रोकथाम, नियन्त्रण र निदानमा प्रतिकूल असर नपुग्ने गरी कैलालीका सीमानाका हुँदै नेपाल प्रवेश गर्न चाहने नागरिकका लागि मापदण्ड तोकिएको हो । नेपाल प्रवेशका लागि जिल्लाका त्रिनगर र खक्रौला नाका तोकिएका छन् ।

तोकिएको मापदण्डबमोजिम नेपाल प्रवेश गर्न चाहने भारतीय नागरिकका हकमा निजले प्रवेश गर्नुअघिको ७२ घण्टाभित्रको कोरोना भाइरसको नमूना परीक्षणको नेगेटिभ नतिजाको प्रमाण देखाउनुपर्ने, प्रवेश गर्ने कुनै पनि व्यक्तिमा कोरोना भाइरसको लक्षण देखिएमा त्यस्तो व्यक्तिको एन्टिजेन परीक्षण गरी नतिजा नेगेटिभ आएमात्र प्रवेश दिइनेलगायत मापदण्ड तोकिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com