लण्डनमा अर्को आक्रमण, कैयनको मृत्यु


प्रकाशित मिति : जेष्ठ २१, २०७४ आईतबार

एउटा गाडी सडक पेटीमा हिंडिरहेका यात्रुमाथि जोताइएपछि सशस्त्र प्रहरीले मध्ये लण्डनस्थित एक प्रमुख पुल बन्द गराएको छ।

सो घटनास्थलमा रहेका एक सम्वाददाताले एउटा सेतो भ्यान पाँच वा छ जना मानिस भएतिर सोझिएको आफुले देखेको बताएका छन्।

प्रहरीका अनुसार घटनामा कम्तीमा एक जनाको ज्यान गएको छ। केही हताहती भएको प्रहरीले बताएको छ।

प्रहरीका एक सूत्रले हतियारधारी भएको हुन सक्ने तीन जना संदिग्धहरुलाई प्रहरीले खोजिरहेको बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसबीच लण्डन प्रहरीले नजिकै बरा बजार क्षेत्रमा चाकु हमला भएको खबरबारे सोधखोज गरिरहेका छन्। केही गोली चलेको बताइएको छ।

साथै भक्सहल क्षेत्रमा पनि अर्को घटना भएको विवरण आएका छन्।

लण्डन ब्रिज घटनामा अहिलेसम्म थाहा भएका जानकारी:

-प्रहरीले लण्डन ब्रिज क्षेत्रमा भएका घटनाहरुमा एक भन्दा धेरै मारिएको हुन सक्ने पुष्टी गरेको छ।

-प्रधानमन्त्री टरिजा मे ले यसलाई सम्भावित आतंकवादी क्रियाकलाप भनेकी छन्।

-लण्डन ब्रिजमा एक सेतो भ्यान पैदलयात्रीमाथि जोताइउको छ। साथै केही मानिसले सर्वसाधारणलाई छुरा प्रहार गरेका छन्।

-लण्डन ब्रिज, बरा मार्केट तथा भक्सहल क्षेत्रका घटनाबारे प्रहरीले छानविन गर्दैछ।

-प्रहरीले हतियारधारी भएको हुन सक्ने तीन जना सन्दिग्धको खोजी गरिरहेको बताइएको छ।

-लण्डन ब्रिज रेलवे स्टेशन बन्द गरिएको छ।

-मेट्रोपोलिटन प्रहरीले भक्सहलको घटना छुरा प्रहारसंग सम्बन्धित रहेको र लण्डन ब्रिज तथा बरा मार्केट घटनासंग नजोडिएको जनाएको छ।

-लण्डन ब्रिज र बरा मार्केटको घटनालाई उसले आतंकवादी घटना भनेको छ।

बीबीसीबाट साभार

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com