विदेशबाट फर्केका युवा भन्छन् : ‘खाडीमा भन्दा बारीमा तीन गुणाबढी आम्दानी’


प्रकाशित मिति : आश्विन २०, २०७८ बुधबार

‘सोचेजस्तो हुन्न जीवन, खोजेजस्तो हुन्न जीवन।।’ भन्ने गीतका शब्द र भाव धेरैको जिन्दगीसँग मेल खान्छन् । गायिका अरुणा लामाको स्वरमा रहेको सो गीत घर परिवार, समाज र आफ्नै देश छोडेर पैसा कमाउने र सुखी जिन्दगी विताउने लालसामा वैदेशिक रोजगारीका लागि विदेश गएर सयौं हण्डर खाएका युवाको जिन्दगी सोचेजस्तो हुने कुरै भएन ।

अरबका खाडीमा खाइनखाइ पसिना बगाएर दशनङ्ग्रा खियाउँदा पनि राम्रो कमाइ गर्न नसकेपछि गाउँमा फर्किएर तरकारी र फलफूलखेती गरेका म्याग्दीका केही युवाले खाडीमा भन्दा तीन गुणाबढी आम्दानी गरेर मनमा सन्तोष र मुहारमा खुसी फर्काउन सफल भएका छन् ।

त्यस्ता धेरै युवामध्येका तीनजना प्रतिनिधि पात्र हुनुहुन्छ म्याग्दीको मङ्गलाका जीवन पौडेल, बेनी नगरपालिका–२ ज्यामरुककोटका हरिलाल घिमिरे र बेनी नगरपालिका–६ अर्थुङ्गेका नरेश जिसी । जीवनको उर्बर समय मुग्लानमा पसिना बगाउँदै बिताएका यी तीनैजना युवाको पहिले र अहिलेको अवस्था करिब करिब मिल्दोजुल्दो छ । साउदी अरब, कतार र युएईमा एक दशक भन्दा बढी परिश्रम गर्दा पनि राम्रो कमाइ गर्न नसकेपछि स्वदेशमा फर्किएर माटोसँग खेल्दै तरकारी खेतीमा लागेका यी तीनजना युवाको जीवनको उत्तराद्र्धमा बल्ल हरियाली छाउन थालेको छ ।

मङ्गलाका ४७ वर्षीय पौडेल, ज्यामरुक कोटका ५३ वर्षीय घिमिरे र अर्थुङ्गेका ४८ वर्षीय जिसीले जीवनको युवा अवस्था क्रमशः साउदी अरब, कतार र युएईको चर्को घाममा पसिना बगाउँदैमा बिताउनुभयो । खाडी मुलुकमा पसिना बगाए पनि खासै राम्रो कमाइ गर्न नसकेपछि घर फर्केर हलो र कोदाली बोकी आफ्नै खेतको माटोमा पसिना बगाउन थालेपछि उहाँहरुको जिन्दगीमा खुसी फर्किएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अर्का किसान घिमिरे पनि तरकारी खेतीबाट सन्तुष्ट हुनुहुन्छ । “विदेशमा कमाइ गर्न नसकेपछि गाउँ फर्केर आएँ, अनि तरकारी खेती सुरु गरेँ”, उहाँले भन्नुभयो, “कतिले मलाई विदेश छोडर बारीको माटोमा पैसा फलाउने रे भनेर गिज्याए । तर, म आफ्नो काममा लागिरहेँ ।” घिमिरेले यही माटोमा पसिना बगाउन थालेपछि मैले बुझे विदेशमा बगाउने पसिना आफ्नै माटोमा बगाउने हो भने पैसा यही फल्दोरहेछ भन्नुभयो ।

त्यसैगरी अर्थुङ्गेका जिसीले पनि विदेशको बसाइँलाई बिट मारेर गाउँमै कृषि कर्ममा रमाउँदै राम्रो कमाइ गरिरहनुभएको छ । उहाँको तीन रोपनी बारीभरी लटरम्म तरकारी फलिरहेको छ । बजारमा स्थानीय तरकारीको माग रहेकाले बिक्रीको कुनै समस्या छैन । तरकारी बेचेर मासिक ३० हजारभन्दा बढी आम्दानी हुने गरेको उहाँले बताउनुभयो ।

अहिले रोजगार पाउन नसकेको भन्दै धेरै युवा विदेशिने गरेका छन् । तर, म्याग्दीमा भने विदेशबाट फर्केर आएका युवाले तरकारी, फलफूल खेती र पशुपालन गरेर विदेशको भन्दा बढी कमाइ गरिरहेका छन् । स्थानीय तह र सम्बन्धित सरकारी निकाय तथा गैरसरकारी सङ्घ संस्थाले पनि व्यावसायिक किसानलाई प्रोत्साहन गर्ने, कृषि औँजारदेखि मल बीउसम्म सहयोग गर्ने र आर्थिक अनुदान समेत उपलब्ध गराउने गरेकाले धेरै युवाको कृषि पेसातर्फ आकर्षण बढ्दै जान थालेको पाइएको छ ।

युवालाई कृषि पेसातर्फ आकर्षित गर्नका लागि कृषि औजार र मल बीउ खरिदमा अनुदान, सिँचाइको प्रबन्ध, ठूलो क्षेत्रफल र ठूलै समूहमा खेती किसानी गर्न प्रोत्साहन गर्नुपर्ने यस क्षेत्रमा लागेका युवा बताउँछन् । । जिसीले भन्नुभयो, “हामी पाँच लिटर दूध उत्पादन गरेर बिक्री हुँदैन, के गाईपालन गर्नु भन्छौं । एक डोको सिमी फलाएर बिक्री नै हुँदैन, किन सब्जी खेती गर्नु भनेर क्यारेमबोर्ड खेलेर बस्छौं । त्यसो होइन । हामीले हरेक उत्पादन ठूलो मात्रामा गर्नुपर्छ ।”

उहाँका अनुसार कृषिलाई परम्परागत होइन, आधुनिक र प्रविधिकरण गरेर थोरै श्रमबाट धेरै उत्पादन दिन सक्नुपर्छ, जसले गर्दा लागत कम हुन्छ । यसका साथै यसले ग्रामीण र कृषि पर्यटनको सम्भावना पनि उत्तिकै बढाउनेछ । सबै युवा उद्यममा लागेपछि गाउँमा दिगो आर्थिक गतिविधि हुनेछ ।

रोजगारीले दिएको पीडा

नेपाल श्रम सर्वेक्षण (२०१९) अनुसार प्रत्येक वर्ष कम्तीमा १६ लाखदेखि २० लाख युवा रोजगारीको खोजीका लागि नेपाली रोजगार बजारमा आउँछन्, तर उनीहरूमध्ये पाँच प्रतिशतले मात्र देशमै रोजगारी पाउन सक्छन् । बाँकी या त रोजगारीका अवसरहरूको खोजीमा कतै टाढा देश छोड्न बाध्य छन् । केन्द्रीय तथ्यांक ब्युरो (२०२१) का अनुसार नेपालमा कुल ८६ लाख व्यक्तिले उनीहरूको योग्यता र सीपअनुरूप रोजगारी पाइरहेका छैनन् ।

खाडी देश र अन्य मुलुकहरूमा रोजगारीका अवसरको खोजीमा लागेका करिब आठ लाख युवा–युवतीमध्ये ७४ हजार मास्टर डिग्री, दुई लाख १६ हजार स्नातक, करिब चार लाखभन्दा बढी इन्टरमेडियट र १५ लाखभन्दा बढी एसएलसी पास गरेकाहरू देशमा हैसियतअनुसारको काम नभेटेर बिदेसिएका छन् । युरोप, अमेरिकालगायतका विकसित मुलुकहरूमा जाने नेपालीहरूसमेत यो पीडाबाट पिल्सिएका छन् ।

त्यसैगरी रोजगारीका लागि देश छोडेर विदेशीएका युवाहरु मध्ये एक वर्षमा ८ सय  बढी बाकसमा फर्किएका छ । वैदेशिक रोजगार बोर्डको  तथ्यांकलाई केलाउँदा दैनिक औसत २ जनाभन्दा बढि नेपाली कामदारको शब नेपाल भित्रिरहेको छ । यसमा विद्यार्थी भिसामा गएकाहरुको तथ्यांक जोडिएको छैन ।   रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com