Follow @khasokhasmag

नदीको पानी खान बाध्य स्थानीय (फोटो फिचर)


प्रकाशित मिति : आश्विन १५, २०७८ शुक्रबार

 

छेडागाड नगरपालिका–१३ खारामा भेरी नदीको फोहर पानी पिउनका लागि बोकेर ल्याउँदै स्थानीय महिलाहरु । यहाँका ५० भन्दा बढी सर्वसाधारणहरु वर्षौदेखि भेरी नदीको पानी पिउँदै आएका छन् । तस्वीर : हेमन्त केसी

बागलुङको जैमिनी नगरपालिका–१ स्थित कुश्मीसेराकी महिला डसना सिउँदै । ग्रामीण भेगका महिला सिरक, डसना सिउने सीपबाट आयआर्जन गर्छन् । तस्वीर : रामबहादुर थापा  

शुक्लाफाँटा नगरपालिका–३ का महिलाहरु तरकारी खेतीका लागि बेर्ना राख्न खेत तयार गर्दै । महिलाहरुले बेमौसमी तरकारी खेतीका लागि सामुहिक रुपमा बेर्ना तयार गरि घरमा निर्माण गरिएका प्लाष्टिक टनेलमा तरकारी खेती गर्दै आएका छन् । तस्वीर :राजेन्द्रप्रसाद पनेरु 
शुक्लाफाँटा नगरपालिकाको जोनापुरका किसानले टनेलमा गरेको गोलभेडा खेती । दुई दर्जन बढी यहाका किसान गोलभेडा खेतीमा संलग्न छन् । तस्वीर : राजेन्द्रप्रसाद पनेरु
व्यास नगरपालिका–३ का ६७ बर्षिय बुद्धिबहादुर कुलु मादल बनाउँदै । मादल तीन हजार पाँच सयदेखि चार हजार पाँच सयसम्म बिक्री गर्ने भएपनि कोरोनाका कारण मादलको बिक्री न्यून रहेको उहाँ बताउनुहुन्छ । तस्वीर : सानेबहादुर नेपाली,

   दर्ता नम्बर: २८२९

नमस्ते मिडिया

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com