माल्दिभ्सविरुद्ध नेपाल भिड्ने


प्रकाशित मिति : आश्विन १५, २०७८ शुक्रबार

दक्षिण एसियाली राष्ट्रहरुको फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिपको १३ औँ संस्करण आजदेखि माल्दिभ्समा सुरु हुँदैछ ।

मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुने उक्त प्रतियोगिताको पहिलो खेलमा श्रीलङ्का र बङ्गलादेशबीच हुनेछ भने दोस्रो खेलमा नेपालले आयोजक माल्दिभ्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समयानुसार राति ९ः४५ बजे सुरुआत हुनेछ । साफ च्याम्पियनसिपमा विभिन्न पाँच राष्ट्रको सहभागिता रहेको छ ।

जसमा आयोजक माल्दिभ्ससहित नेपाल, भारत, बङ्गलादेश र श्रीलङ्का छन् । भुटान कोभिड–१९ का कारणले प्रतियोगितामा सहभागी भएको छैन भने पाकिस्तानले आन्तरिक विवादका कारण पछिल्लो समय अन्तर्राष्ट्रिय फुटबल खेलेको छैन ।

पाँच टोलीले एकापसमा खेलेपछि शीर्ष दुई टोलीले यही असोज ३० उपाधिका लागि भिड्नेछन् । नेपाली टिम पहिलोपटक साफको उपाधि उचाल्ने लक्ष्यसहित माल्दिभ्स पुगेको छ । नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपालको प्रमुख लक्ष्य साफ च्याम्पियनसिप जित्ने बताउनुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाली टोलीको गोलकिपरमा किरणकुमार लिम्बू ९कप्तान०, दीप कार्की र विशाल श्रेष्ठ छन् भने डिफेन्डरमा दिनेश राजवंशी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल र रोहित चन्द छन् ।

त्यसैगरी मिडफिल्डरमा विशाल राई, सुनिल बल, सुरज ज्यु ठकुरी, नितिन थापा, पुजन उपरकोटी, तेज तामाङ, सुजल श्रेष्ठ, सन्तोष तामाङ, आयुष घलान र कमल थापा छन् भने फरवार्डमा नवयुग श्रेष्ठ, मनिष डाँगी, अन्जन विष्ट, सुमन लामा र आसिस लामा छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com