अबदेखि अमेरिकाले अपराध नगरेका कागजपत्रविहिनलाई पक्राउ र देशनिकाला नगर्ने


प्रकाशित मिति : आश्विन १४, २०७८ बिहीबार

DHS ICE POLICE

सन् २०२० को नोभेम्बर १ पछि मेक्सिको सिमाक्षेत्रबाट गैरकानूनी रुपमा प्रवेश गरेका आप्रवासीहरु भने अपराध नगरेको भएतापनि देशनिकालामा पर्नसक्नेछन् ।

अबदेखि अमेरिकाले कागजपत्रविहिन हुँदैमा देशनिकाला नगर्ने भएको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी अलेहान्द्रो मेयरकासले यसबारे घोषणा गरेका हुन् ।

अबदेखि अध्यागमन अधिकारीहरुले कुनै पनि व्यक्तिलाई कागजपत्रविहिनमात्र भएको आधारमा पक्राउ गरेर हिराशतमा लिन र देशनिकाला गर्न नसक्ने मेयकासले बिहिबार बताएका हुन् । इमिगे्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसका अधिकारीहरुलाई राष्ट्रिय र सार्वजनिक सुरक्षामा खतरा भएकाहरुलाईमात्र पक्राउ गर्न र देशनिकाला गर्न निर्देशन दिइएको गाइडलाइन पनि मेयरकासले सार्वजनिक गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आतंकवाद वा जासूसीमा संलग्न भएको आशंका गरिएका, गम्भिर प्रकारका अपराधमा संलग्न भएकाहरु र सन् २०२० को नोभेम्बर १ पछि मेक्सिको सिमाक्षेत्रबाट गैरकानूनी रुपमा प्रवेश गरेका आप्रवासीहरुलाई पक्राउ र देशनिकालाको प्राथमिकतामा राखिने भएको छ । अमेरिकाको समुदायमा लामो समयदेखि योगदान दिदै आएकाहरु, धार्मिक नेताहरु, कृषिकामदारहरु, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी कागजपत्रविहिनहरुलाई अबदेखि आइसले पक्राउ गर्न र देशनिकाला गर्न पाउनेछैन ।

नयाँ निर्देशिका नोभेम्बर २९ देखि लागु हुने जनाइएको छ । त्यस्तै बेइमान रोजगारदाताहरुले आइसमा सुराकी लगाएको आधारमा कुनै पनि कागजपत्रविहिनलाई पक्राउ गरिने छैन । त्यस्ता रोजगारदाताले आइसलाई सुराकी लगाएका कागजपत्रविहिन व्यक्ति मुख्य अपराधमा संलग्न भएको भएमा भने आइसले उनीहरुलाई पक्राउ गर्न र देशनिकाला गर्न सक्नेछ ।

कागजपत्रविहिनहरुलाई ग्रिनकार्डको बाटोमा लैजान खोजिरहेको अवस्थामा कुनै जोखिम नभएका कागजपत्रविहिनलाई खोज्न र पक्राउ गर्नमा साधनश्रोत नलगाइने मेयरकासले बताएका हुन् । अमेरिकामा झण्डै ११ मिलियन कागजपत्रविहिनहरु बस्दै आएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com