बजेट प्रकृयाबाट कागजपत्रविहिनलाई ग्रिनकार्ड दिने बाटो बन्द भएपछि डेमोक्र्याट्सको ‘प्लान बी’


प्रकाशित मिति : आश्विन १३, २०७८ बुधबार

अमेरिकामा रहेका कागजपत्रविहिनलाई ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा लैजाने विषय बजेट प्रकृयाबाट पारित हुने बिलमा समावेश गर्न चाहेका डेमोक्र्याटस्हरु उक्त योजनामा सफल हुन नसकेपछि ‘प्लान बी’मा लागेका छन् । डेमोक्र्याट्सहरुले बृहत खर्च विधयेकमा टीपीएस र डाकाले समेटेका लगायत कृषि कामदार र अत्यावश्यक कागजपत्रविहिन कामदारलाई नागरिकताको बाटोमा लैजाने प्रस्ताव अगाडि ल्याएपनि पार्लियामेन्टेरियनबाट उक्त प्रस्ताव अस्वीकृत गरिएको थियो ।

पार्लियामेन्टेरियन एलिजाबेथ म्याकडोनोले बजेट प्रकृयाको नियमसँग टीपीएस र डाकाले समेटका कागजपत्रविहिनलाई ग्रिनकार्डहुँदै नागरिकताको बाटोमा लैजाने विषय मेल नखाने भन्दै उक्त प्रस्ताव अगाडि बढाउनमा रोक लगाएकी थिइन् । पार्लियामेन्टेरियन म्याकडोनोसँग कुन विषय बजेट बिलको नियमसँग मेल खाने र कुन विषय मेल नखाने भन्ने निर्णय गर्ने अधिकार रहेको छ । अब म्याकडोनोसमक्ष ‘प्लान बी’ पेश गर्ने योजनामा डेमोक्र्याट्सहरु रहेका छन् ।

यसअगाडि टीपीएस र डाकाले समेटेका ८ मिलियनलाई बजेट प्रकृयाबाट ग्रिनकार्डको बाटोमा लैजाने डेमोक्र्याट्सहरु अब अमेरिका प्रवेशको मिति तय गरेको उक्त मितिभन्दा अगाडि अमेरिका आएकालाई ग्रिनकार्डबाटोमा लैजाने गरी पार्लियामेन्टेरियन समक्ष योजना पेश गर्ने योजनामा रहेका छन् । पार्लियामेन्टेरियनले उक्त योजना बजेट बिलको नियमसँग मिल्ने निर्धारण गरेमा बजेट प्रकृयाबाट बिल पारित गरेर निश्चित मितिभन्दा अगाडि अमेरिका आएका कागजपत्रविहिनलाई ग्रिनकार्डको बाटोमा लैजान सकिनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सिनेटर डिक डर्बिनले निश्चित मितिभन्दा अगाडि अमेरिका आएका कागजपत्रविहिनलाई ग्रिनकार्डको बाटोमा लैजाने विषय बजेट बिलमा समावेश गर्न पार्लियामेन्टेरियन समक्ष प्रस्ताव लगिने पुष्टी गरेपनि कुन मिति भन्दा अगाडि अमेरिका आएकालाई ग्रिनकार्डको बाटोमा लैजाने भन्नेबारे केही बताएका छैनन् । अमेरिकामा अहिलेसम्म सन् १९७२ को जनवरी १ भन्दा अगाडि आएका कागजपत्रविहिनलाई ग्रिनकार्डको बाटोमा लैजाने नियम रहेको छ । यो मितिलाई परिवर्तन गर्ने योजना नै डेमोक्र्याट्सहरुको ‘प्लान बी’ हो ।

यदि यो मितिलाई परिवर्तन गरेर सन् २०१० बनाइएको खण्डमा झण्डै ६७ लाख कागजपत्रविहिनहरु ग्रिनकार्डका लागि योग्य हुनेछन् । तर सन् २०१० पछि अमेरिका छिरेका डाका वा टीपीएसले समेटेकाहरु पनि यो प्रावधान अनुशार ग्रिनकार्डका लागि योग्य हुनेछैनन् । अमेरिकामा रहेका नेपालीहरुलाई सन् २०१५ मा टीपीएस प्रदान गरिएकाले उनीहरु यो प्रावधान अन्तरगत स्वत ग्रिनकार्डका लागि योग्य हुनेछैनन् । तर सन् २०१० जनवरी १ को मिति तय गरिएको खण्डमा उक्त मितिभन्दा अगाडि अमेरिका आइसकेकाहरु भने ग्रिनकार्डका लागि योग्य हुनसक्नेछन् ।

निश्चित मितिभन्दा अगाडि अमेरिका आएकाहरुलाई ग्रिनकार्ड दिने रजिस्ट्री नामको यो प्रावधान सन् १९२९ को मार्च २ मा श्रृजना गरिएको थियो । त्यो यता यो प्रावधान बेलाबेलामा पुनरावलोकन गर्दै नयाँ मिति तय गरिदै आएको छ । सन् १९५८ को अध्यागमन तथा राष्ट्रियता ऐन संसोधनले यो मिति सन् १९४० को जुन २८ तय गरेको थियो भने सन् १९६५ को अध्यागमन तथा राष्ट्रियता ऐन संसोधनले सन् १९४८ जुन ३० को मिति तय गरेको थियो । त्यसपछि अध्यागमन सुधार तथा नियन्त्रण ऐन १९८६ ले यो मिति सन् १९७२ को जनवरी १ तय गरेको थियो । त्यसपछि अहिलेसम्म नयाँ मिति तय गरिएको छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com