अमेरिकाले नेपालीलाई सहजै प्रवेश दिंदा बेलायतको रेडलिष्टबाट भने हटेन नेपाल


प्रकाशित मिति : आश्विन १०, २०७८ आईतबार

अमेरिकाले भिसावाहक नेपालीहरुलाई कोरोना परीक्षण नेगेटिभ रिपोर्टका आधारमा सहजै प्रवेश दिदै आएको छ । अमेरिकाले चीन, इरान, युरोपको शेंगेन क्षेत्र, यूके, आयरल्याण्ड, ब्राजिल, साउथ कोरिया र भारतबाट अमेरिका जानेहरुमाथि कोरोना सम्बन्धित प्रतिबन्धहरु लगाएको छ । तर नेपालबाट अमेरिकामा जानमा कुनै रोकतोक छैन ।

नेपालबाट कोरोना नेगेटिभ रिपोर्ट सहित अमेरिका गइसकेपछि यदि पूर्णरुपमा भ्याक्सिन लगाइसकेको छ भने तीनदेखि ५ दिनभित्र कोरोना परीक्षण गर्न सीडीसीले सुझाव दिएको छ । त्यस्तै राज्यहरुले तय गरेका मापदण्डहरु पालना गर्न भनिएको छ । कोरोना पोजेटिभ देखिएमा आइसोलेसनमा बस्न भनिएको छ । यी सबै काम आफ्नै जिम्मेबारी ठानेर गर्नुपर्ने हुन्छ ।

नेपालबाट कोरोना नेगेटिभ रिपोर्ट सहित अमेरिका गइसकेपछि यदि पूर्णरुपमा भ्याक्सिन लगाएको छैन भने एकसातासम्म क्वारेन्टीनमा बस्न सुझाव दिइएको छ । तीनदेखि ५ दिनभित्र परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपनि ७ दिनसम्म क्वारेन्टीनमा नै बस्न भनिएको छ । यदि अमेरिका गइसकेपछि कोरोना परीक्षण नगराएको खण्डमा १० दिनसम्म आइसोलेसनमा बस्न सीडीसीले सुझाव दिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भारतबाट बेलायत जान पाइने, नेपालबाट नपाइने

अमेरिकाले नेपालीहरुलाई सहज प्रवेश दिएपनि बेलायतले भने रेडलिष्टबाट अझै हटाएको छैन । विगत १० दिनमा रेड लिष्टमा रहेको देशमा भएका व्यक्ति बेलायती वा आइरिस नागरिक नभएको खण्डमा वा बेलायतमा बस्ने अधिकारप्राप्त व्यक्ति नभएको खण्डमा बेलायत प्रवेशमा रोक लगाइएको छ । अर्थात् बेलायतमा आवासीय अधिकार नपाएका वा बेलायती पासपोर्ट नभएका नेपालीहरुलाई बेलायत जानमा रोक लगाइएको छ ।

बेलायत प्रवेशका लागि अपवादमा परेकाहरुपनि नेपालबाट बेलायत गइसकेपछि बेलायत आएको दिनको भोलिपल्टदेखि १० दिनसम्म व्यवस्थीत क्वारेन्टीन होटलमा बस्नुपर्ने नियम रहेको छ । त्यस्तै होटल प्याकेजमा समावेश भए अनुशार अनिवार्य कोरोना परीक्षण समेत गराउनुपर्छ । पूर्णरुपमा भ्याक्सिन लगाएकाहरुले समेत यो नियमको पालना गर्नुपर्छ । यदि क्यारेन्टीनको नियम उल्लंघन गरेको खण्डमा १० हजार डलरसम्म जरिवाना हुने नियम रहेको छ ।

क्वारेन्टीनमा बस्ने होटल बुक गर्दा एकजनाका लागि १० दिनसम्म २२८५ पाउण्ड तिर्नुपर्छ भने साथमा ११ बर्षभन्दा माथिको थप व्यक्ति भएमा थप १४३० डलर तिर्नुपर्छ । ५ देखि ११ बर्षसम्मको बच्चाका लागि भने ३२५ डलर तिर्नुपर्छ । ५ बर्षभन्दा कम उमेरको व्यक्तिका सन्दर्भमा भने रकम तिर्नुपर्दैन । बेलायतले नेपालसहित ५४ देशलाई रेडलिष्टमा राखेको छ ।

भूपू गोर्खाहरुसहित बेलायतमा करिब डेढ लाख नेपालीहरु बसोवास गर्दै आएका छन् । तर नेपालीका चाडपर्वहरू नजिकिँदै गर्दा पनि नेपाल रेड लिस्टमा नै रहेका कारण आवतजावत कठिन भएको छ । छिमेकी मुलुक भारतमा फैलिएको नयाँ भेरिएन्टका कारण भारतसँगै रेड लिस्टमा परेको नेपाल अझै यथावत नै छ। तर भारतलाई भने एम्बर लिष्टमा राखिएको छ, जसका कारण भारतबाट जानेलाई क्वारेन्टीन बस्ने र महँगो शुल्क तिर्ने झन्झट छैन ।

रेड लिष्टबाट हटाउने पहल गर्न माग

नेपालले भ्याक्सिन लगाएर आएका विदेशी पर्यटकलार्ई अनअराइभल भिसा दिन सुरु गरेको छ । तर यूके लगायतका मुलुकले नेपाललाई रेडजोनमा राख्दा नेपालबाट आवतजावतमा कठिनायी उत्पन्न भएको छ ।

विश्व पर्यटन दिवसको अवसरमा होटल सङ्घ नेपाल हानले आज वक्तब्य जारी गर्दै मुुलुकमा पहिलो वा दोस्रो गरी करिब ४० प्रतिशतभन्दा माथि नेपाली नागरिकले कोभिडविरुद्धको खोप लगाइसकेको हुँदा अन्तर्राष्ट्रिय जगतमा नेपाललाई रेड जोनबाट हटाउन सरकारी तवरबाट यथाशक्य पहल गरिदिन अनुरोध गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com