यात्रा प्रतिबन्धबारेको आदेश कार्यान्यनको माग गर्दै सर्वोच्चमा अपिल


प्रकाशित मिति : जेष्ठ १९, २०७४ शुक्रबार

ट्रम्प प्रशासनले यात्रा प्रतिबन्धबारेको राष्ट्रपति ट्रम्पको कार्यकारी आदेश कार्यान्वयनमा लगाइएको प्रतिबन्ध फुकुवा गर्न माग गर्दै सर्वोच्च अदालतमा अपिल गरेको छ ।

बिहिबार राती सर्वोच्च अदालतमा गरिएको अपिलमा ६ वटा मुस्लिम बाहुल्यदेशका नागरिकलाई अमेरिकामा यात्रा गर्न प्रतिबन्ध लगाउने कार्यकारी आदेश कार्यान्वयनमा लगाइएको प्रतिबन्ध फुकाउन माग गरिएको छ ।

फोर्थ सर्किटले ट्रम्पको कार्यकारी आदेश कार्यान्वयनमा रोक लगाएपछि ट्रम्प प्रशासनले सर्वोच्च अदालतका ९ जना न्यायाधिससमक्ष कार्यकारी आदेश कार्यान्वयन हुनुपर्ने माग गर्दै अपिल गरेको हो । सर्वोच्च अदालतमा अहिले पाँचजना रिपब्लिकन पक्षधर कन्जर्भेटिभ र ४ जना डेमोक्र्याट पक्षधर लिबरल न्यायाधिसहरु छन् ।

तर न्यायाधिसहरुले आफ्नो वैचारिक आधारमा अपिलको फैसला गर्लान् वा नगर्लान भन्न सकिने अवस्था छैन । पाँचजना न्यायाधिसहरु कार्यकारी आदेशको पक्षमा देखिएमा कार्यकारी आदेश कार्यान्वयन हुनसक्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com