युएससीआईएसका ७ प्रकारका सुचनाको जवाफ थप ६० दिनभित्र दिन सकिने म्याद जनवरी १५ सम्म


प्रकाशित मिति : आश्विन ९, २०७८ शनिबार

युएससीआईएसका ७ प्रकारका सुचनाको जवाफ उक्त सुचनामा उल्लेख भएको डेडलाइन नाघिसकेपछि पनि अतिरिक्त ६० दिनभित्र दिन सकिने म्याद जनवरी १५ सम्म थप गरिएको छ । युएससीआईएसले एक सुचना जारी गर्दै जनवरी १५ सम्म आवेदकले विभिन्न ६ प्रकारका सुचनाको जवाफ पठाउनका लागि उक्त सुचनामा उल्लेख भएको मितिबाहेक अतिरिक्त ६० दिन प्राप्त गर्नसक्ने जनाएको छ ।

थप कागजातको माग अर्थात् आरएफई, थप कागजातको मागको निरन्तरता, आवेदन अस्वीकार गर्ने आशयको सुचना अर्थात् नोटिस अफ इन्टेन्ड टु डिनाई, ग्रिनकार्ड वा अन्य कुनै कागजात खारेज गर्ने आशयको सुचना, ग्रिनकार्ड वा अन्य कुनै कागजात बचाउने आशयको सुचना, क्षेत्रीय केन्द्र खारेज गर्ने आशयको सुचना र नागरिकता आवेदन स्वीकृत भइसकेपछि प्राप्त खराब विवराणका लागि युएससीआईएसबाट आवेदन फाइल पुन खोल्ने आशयको सुचना लगायतमा त्यसको जवाफ दिनका लागि आवेदकलाई अतिरिक्त ६० दिन प्राप्त हुनेछ ।

उदाहरणका लागि कुनै आवेदकलाई पठाइएका यी मध्ये कुनै एक सुचनामा जवाफ दिने डेडलाइन अक्टोबर १ सम्म तोकिएको छ भने उनीहरुले अतिरिक्त ६० दिन अर्थात् नोभेम्बरको अन्तिमसम्म पनि जवाफ पठाउन सक्नेछन् । सुरुमा यो सुविधा सन् २०२० को मार्चमा घोषणा गरिएकोमा युएससीआईएसले पटकपटक थप्दै आएको छ । अहिले युएससीआईएसले यो सुविधा आगामी जनवरी १५ सम्मका लागि थप गरेको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै नागरिकताबारेको निर्णयका लागि सुनुवाईबारेको सुचना र अपिलका लागि पठाइएको सुचनाका सन्दर्भमा पनि ६० दिन प्राप्त हुनेछ । तर युएससीआईएसले निर्णय जारी गरेको मितिले ६० दिनभित्र उक्त आवेदन दिइसकेको हुनुपर्छ । साथै युएससीआईएसले सन् २०२० को मार्च १ देखि सन् २०२२ को जनवरी १५ सम्म त्यस्तो निर्णय गरेको हुनुपर्नेछ । सामान्यतया अपिल वा मोसनका लागि फर्म आई २९० बी र सुनुवाईको अनुरोधका लागि एन ३३६ फर्म भर्न ३० दिनदिनको मात्र अवधि दिइएको हुन्छ । तर अब ६० दिनभित्र बुझाउन सकिनेछ ।

याद गर्नुहोस्, युएसीआईएसका आवेदनकलाई पठाइएका उल्लेखित सुचना वा अनुरोधको जवाफ आगामी जनवरी २१ सम्म पठाउन सकिनेगरी तय गरिएको होइन । सुचनामा उल्लेखित डेडलाइनभन्दा ६० दिनमात्र थप गरिएको हो । अर्थात् युएससीआईएसले आगामी जनवरी १५ सम्मको मितिमा जारी गर्ने त्यस्ता सुचना वा अनुरोधका सन्दर्भमा अतिरिक्त ६० दिनमात्र थपिएको हो ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com