एमालेमा ७० वर्षे उमेर हद प्रस्ताव: कस्लाई फाइदा कस्लाई बेफाइदा ?


प्रकाशित मिति : आश्विन ४, २०७८ सोमबार

नेकपा एमालेको विधानमा ७० वर्षे उमेर हद कायम राख्ने प्रस्ताव गरिएको छ । यो प्रस्ताव पारित भएमा एमालेको नेतृत्वमा व्यापक परिवर्तन हुनेछ भने नयाँ पुस्तालाई नेतृत्वमा पुग्नको लागि ढोका खुल्ने विश्वास गरिएको छ ।

स्थायी कमिटी बैठकमा पेस भएको विधान मस्यौदामा सबै तहका कार्यकारी कमिटीको पदाधिकारी वा सदस्यमा निर्वाचित वा मनोनित हुन ७० वर्ष उमेर पूरा नभएको हुनुपर्ने प्रस्ताव गरिएको हो । आगामी १५ गतेदेखि १७ गतेसम्म चल्ने विधान महाधिवेशनले यो प्रस्ताव अनुमोदन गरेमा यसले मंसिरमा हुने १० औं महाधिवेशनलाई समेत प्रभाव पार्नेछ ।

अमृत बोहोरा ७३ बर्ष पुगिसकेका छन् भने सत्यनारायण मण्डल ७० बर्ष पुगिसकेका छन् । यी दुबैजनालाई नेताहरु १० औं महाधिवेशनबाटै प्रभावित हुनेछन् । उमेर हदले केपी शर्मा ओलीलाई १० औं महाधिवेशनबाट अध्यक्ष बन्न अवरोध हुनेछैन । किनभने उनी आगामी फागुनमा मात्र ७० वर्ष पुग्दै छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर ११ औं महाधिवेशनबाट यसको प्रभाव अझ ब्यापक हुने भएकाले दोस्रो तहमा रहेका अध्यक्षका आकाङ्क्षी नेताहरुलाई १० औं महाधिवेशन नै अन्तिम अवसर हुनेछ । ११औँ महाधिवेशनसम्म पुग्दा केपी ओलीसहित भीम रावल, ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ, केशव बडाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापाको उमेर ७० वर्ष नाघिसकेको हुनेछ ।

कुन चर्चित नेताको उमेर कति?

नेपालका राजनीतिक दलहरुमा पुरानो पुस्ताका नेताहरुले नेतृत्व ओगटेका कारण नयाँ पुस्ताले अवशर नपाएको गुनासो सुनिदै आएको छ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा ७४ बर्ष नाघिसकेका छन् ।

त्यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ६६ बर्षका भए भने जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष डा. बाबुराम भट्टराई ६७ बर्षका भए । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ६८ बर्षका भए । त्यस्तै झलनाथ खनाल ७१ बर्षका भए । यी सबै प्रधानमन्त्री भइसकेका छन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com