अमेरिकी विदेशमन्त्रीबाट नेपाली जनतालाई संविधान दिवसको अवशरमा बधाई र शुभकामना


प्रकाशित मिति : आश्विन २, २०७८ शनिबार

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लींकेनले संविधान दिवसको अवशरमा नेपाली जनतालाई बधाई र शुभकामना दिएका दिएका छन् । अमेरिकी सरकार र अमेरिकी जनताका तर्फबाट सेप्टेम्बर १९ मा संविधान दिवस मनाइरहँदा नेपाल र नेपालीलाई ब्लींकेनले न्यानो बधाई दिएका छन् ।

ब्लींकेनले भनेका छन् – ‘साझा चुनौतीको सामना गरेका कारण यो बितेको वर्ष हाम्रो सम्बन्ध बृद्धि भएको देखिएको छ । विशेष गरी, हामीले कोरोना महामारीको सामना गर्न र जलवायु संकटको सामना गर्न सँगै काम गरेका छौं।’

ब्लीकंनेले भनेका छन् – ‘हामी एक स्थायी मित्रताको खुशीयाली मनाउँछौं जुन जनता(जनताको सम्बन्ध र हाम्रो झण्डै ७५ बर्ष लामो कूटनीतिक सम्बन्धको माध्यमबाट बलियो भएको छ ।’

‘म यो विशेष अवशरमा सबै नेपालीहरुलाई शुभकामना दिन्छु ।’ –  ब्लींकेनले भनेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com