अन्तराष्ट्रिय यात्रामा खुकुलो बन्दै बेलायत, तर नेपाल अझै पनि रेड लिस्टमा


प्रकाशित मिति : आश्विन २, २०७८ शनिबार

बेलायत सरकारले बाह्य मुलुकको यात्राका लागि लागू गरेको आफ्नो नियम परिवर्तन गरेको छ ।

शुक्रबार बेलायत सरकारका यातायातमन्त्री ग्र्यान्ट श्याप्सले आगामी अक्टोबर ४ देखि कार्यान्वयन हुने गरी अन्तराष्ट्रिय् यात्रासम्बन्धि नियम थप ‘सरल’ पारिएको घोषणा गरे ।

बेलायतले बाह्य मुलुकबाट हुने यात्राको लागि अहिले कायम गरेको ग्रीन, एम्बर र रेड लिस्ट देशहरुको वर्गीकरण नयाँ नियम लागू भएसँगै हटाइनेछ । त्यसपछि जोखिमयुक्त देशहरुलाई मात्रै रेड लिस्टमा राखिनेछ ।

कोभिड खोपका दुवै डोज लगाएका यात्रुहरुले रेड लिस्टबाहेकको देशबाट बेलायत आउनु तीन दिनअघि पिसिआर पिसिआर टेस्ट गर्नुपर्ने अहिलेको नियम हट्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नयाँ नियम रेड लिस्टमा रहेका देशहरुबाट बेलायत आउनेका लागि समेत केही सहज हुनेछ। बेलायत आएको दोस्रो दिनमा गर्नुपर्ने पिसिआर टेस्टका ठाउँमा पनि सस्तो विकल्प ल्याइनेछ ।

शुक्रबार मन्त्री श्याप्सले पाकिस्तान, बङलादेश, श्रीलंकासहितका दक्षिण एशियाली मुलुकहरुसंगै ८ मुलुकलाई रेड लिस्टबाट हटाइएको घोषणा गरे । यी देशहरु यही सेप्टेम्बर २२ देखि नै लागू हुने गरी रेड लिस्टबाट बाहिरिनेछन् ।

रेड लिस्टबाट बाहिरिने मुलुकबाट बेलायत आउने यात्रुहरुलाई ११ दिनको होटेल क्वेरन्टिन बस्नुपर्नेछैन् ।

अरु दक्षिण एशियाली देशहरु रेड लिस्टबाट बाहिरिएपनि नेपाल भने यूकेको रेड लिस्टबाट अझै हट्न सकेको छैन ।

भारतलाई पनि यसअघि नै रेड लिस्टबाट हटाइएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com