विश्वकर्मा पूजासँगैको बहस: ‘एउटा विश्वकर्माको पूजा र अर्को विश्वकर्मालाई तिरस्कार नगरौं’


प्रकाशित मिति : आश्विन १, २०७८ शुक्रबार

आज विश्वकर्मा पूजा । आश्विन सङ्क्रान्तिका दिन कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ ।

कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा वा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य स्थलमा लगी सेलाउने गरिन्छ । आज पूजा गरी शनिबारदेखि नदीमा लगी मूर्ति सेलाइन्छ ।

आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ । आज इञ्जिन जडान भएका यन्त्र सवारी साधनमा समेत पूजा आराधना गरिन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको हो ।

‘जिउँदा विश्वकर्माहरुलाई छुवाछुत र तिरस्कार !’

विश्वकर्मा पूजा मनाइरहँदा एउटा विश्वकर्माको पूजा भइरहँदा जिउँदा विश्वकर्माहरुलाई भने समाजले अझै पनि छुवाछुत र तिरस्कार गर्ने गरेको भन्दै बहस भइरहेका छन् । सामाजिक सञ्जालहरुमा यसबारे उल्लेख मात्रामा पोष्टहरु गरिएको छ । केशर तामाङ नामका ट्वीटर प्रयोगकर्ता लेख्छन् – ‘नदेखिने विश्वकर्मा भगवान रे । देखिने विश्वकर्माको पानी चल्दैन ।’

त्यस्तै सन्दिप रेग्मी नामका ट्वीटर प्रयोगकर्ता लेख्छन् – ‘जिउँदा विश्वकर्माहरुलाई तिरस्कार ! काल्पनिक विश्वकर्माको पुजा र नमस्कार ! सोच बदलौ ।’

दुर्गा पँगेनी नामका प्रयोकर्ता लेख्छन् – ‘एउटा विश्वकर्माको पुजा गर्छ, अर्को विश्वकर्मासँग छोइछिटो गर्छ, ढोंगी समाज!’

लक्ष्मण कार्की नामका प्रयोगकर्ता पनि त्यस्तै विचार राख्छन् । उनी भन्छन् – ‘शिल्पलाई प्रोत्साहन गरौं, सिपको सम्मान गरौं, शिल्पीलाई पूजा गरौं । तर, शिल्पीलाई अछुत भन्ने सभ्यताकै कलंकको कुरा कहाँबाट, कहिलेबाट र कसरी आयो होला ?’

त्यस्तै नारान नामका ट्वीटर प्रयोगकर्ता भने चाडवाडका बेलामात्र यस्ता कुराहरु नउठाउन सुझाव दिन्छन् । उनी भन्छन् – ‘मिथक बाबा विश्वकर्माको चैं पूजा, अर्चना गर्ने तर ज्युँदा जाग्दा विश्वकर्मालाई छुवाछुत गर्ने, अपहेलित गर्ने ? भन्दै …नआउनु होला। काम, पेसा, जातका आधारमा कसैलाई हेलाहोचो गरिन्न । कोही कसैले गरे ति अज्ञानी हुन् । हिन्दू चाडपर्वका बेला गौडा कुरेर पनि नबसम् ।’

यसैबीच गुल्मीमा बि टिभी र रेडियो गुल्मीको बिश्वकर्मा पुजाको मुल पुजारी प्रेम सुनारलाई बनाइएकोमा त्यसलाई सामाजिक सञ्जालमा उदाहरणीय भनिएको छ । पुजामा धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेल, युवा नेता बुद्धि जिसी , पत्रकार महासंघका अध्यक्ष टोपलाल अर्याल लगायत उपस्थीत थिए ।

सञ्चालक नवराज भुसालले प्रेम सुनारलाई प्रमुख पुजारी बनाई वि टिभीमा विश्वकर्मा पूजा गरिएको र आर्शिबाद लिई दान दक्षिणा समेत गरिएको बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com