डिभी २०२१ लाई प्राथमिकता दिन अदालतको आदेशका बाबजुत २०२२ लाई भने अन्तिम प्राथमिकता


प्रकाशित मिति : भाद्र ३०, २०७८ बुधबार

अमेरिकी दूतावास र कन्सुलेटहरुले अक्टोबरदेखि नयाँ आर्थिक बर्ष २०२२ का भिसाहरु पनि पहिलेजस्तै ४ वटा प्राथमकिताका आधारमा जारी गर्ने भएको छ । अमेरिकी विदेश मन्त्रालयले प्राथमिकताका ४ वटा टियरहरु तय गरेर डिभी २०२२ लाई पनि अन्तिम प्राथमकितामा पारेको छ ।

अमेरिकी नागरिकका मंगेतर र परिवारका सदस्यहरुलाई दिइने भिसालाई उच्च प्राथमिकता दिइएको छ भने डिभी र रोजगारमा आधारित भिसालाई अन्तिम प्राथमिकता दिइएको छ । डिभी २०२१ का सन्दर्भमा अदालतले विदेश मन्त्रालयबाट तय गरिएको प्राथमिकतालाई कार्यान्वयनमा रोक लगाएकाले सेप्टेम्बर ३० सम्म भने डिभी २०२१ लाई प्राथमिकताका साथ जारी गरिनेछ । तर अदालतले अन्य भिसालाई कम प्राथमिकता दिन आदेश नदिएको भन्दै विदेश मन्त्रालयले दूतावास र कन्सुलर सेक्सनहरुलाई जानकारी गराएको छ ।

डिभी २०२१ लाई अन्तिम प्राथमिकतामा पार्ने विदेश मन्त्रालयको कदमलाई अदालतले खारेज गरेका बाबजुत डिभी २०२२ का सन्दर्भमा अदालतको आदेश नरहेको भन्दै अन्तिम प्राथमिकतामा पार्नुले डिभी २०२२ का सन्दर्भमा पनि उपयुक्त भिसाहरु जारी नहुने देखिएको छ । आप्रवासी अधिकार कर्मीहरुले विदेश मन्त्रालयको यो कदमबिरुद्ध पनि कानूनी लडाई जारी राख्ने बताएका छन् ।

अमेरिकी सरकारको विदेश मन्त्रालयले जारी गरेको सुचनाको पूर्ण पाठ यहाँ पढ्नुहोला ।

अमेरिकी विदेशमन्त्रालयले बनाएको ४ प्राथमिकता अन्तरगत पहिलोमा अन्तरदेशीय एडप्सन भिसाका नजिकका आफन्तहरु, २१ बर्ष उमेर पुग्न लागेका कारण भविश्यमा उक्त भिसाका लागि अयोग्य हुनसक्ने एज आउट हुन लागेका आवेदकहरु र अमेरिकी सरकारसँग काम गरिरहेका इराकी र अफगानीहरुलाई प्रदान गरिने निश्चित विशेष आप्रवासी भिसा एसक्यु र एसआई र इमर्जेन्सी केसलाई राखिएको छ ।

यो श्रेणीका भिसाहरु दूतावास र कन्सुलेटहरुले पहिलो प्राथमिकताका आधारमा जारी गर्नुपर्नेछ । यी भिसाहरु जारी गरेपछि बाँकी साधनश्रोत दोश्रो प्राथमिकताका भिसा जारी गर्न लगाउन सकिनेछ ।

दोश्रो प्राथमिकतामा अमेरिकी नागरिकका परिवारका सदस्य, आफन्तहरु र मंगेतरको भिसालाई राखिएको छ । नजिकका आफन्तहरु भन्नाले दम्पत्ति र २१ बर्ष ननाघेका छोराछोरीहरु बुझनुपर्छ ।

यो प्राथमिकतामा अमेरिका छाडेको एकबर्ष नाघेका ग्रिनकार्डवाहकलाई प्रदान गरिने रिटर्निङ रेसिडेण्ट भिसालाई पनि प्राथमिकतामा राखिएको छ । यी भिसाहरु दूतावास र कन्सुलेटहरुले दोश्रो प्राथमिकतामा जारी गर्नुपर्छ । यी भिसाहरु जारी गरेपछि बाँकी साधनश्रोत तेश्रोे प्राथमिकताका भिसा जारी गर्न लगाउन सकिनेछ ।

तेश्रो प्राथमिकतामा परिवारमा आधारित अन्य श्रेणीका आप्रवासी भिसाहरु जारी गरिनेछ । ग्रिनकार्डवाहकका परिवारका सदस्यहरु यसमा पर्छन् । तेश्रो टियरमा अमेरिकी सरकारका विदेशमा रहेका निश्चित कर्मचारीहरुलाई प्रदान गरिने विशेष आप्रवासी भिसा एसई पनि पर्छ । यी भिसाहरु दूतावास र कन्सुलेटहरुले तेश्रो प्राथमिकतामा जारी गर्नुपर्छ ।

यी भिसाहरु जारी गरेपछि बाँकी साधनश्रोत चौथो तथा अन्तिम प्राथमिकताका भिसा जारी गर्न लगाउन सकिनेछ । चौथो प्राथमिकतामा अन्य सबै आप्रवासी भिसाहरु रहेका छन् । जसमा रोजगारमा आधारित आप्रवासी भिसाहरु र डिभी लोटरीमा आधारित भिसा समेत पर्छन् । यसरी डिभी लोटरी र रोजगारमा आधारित आप्रवासी भिसालाई अन्तिम प्राथमिकतामा राखेपछि यो श्रेणीमा पर्नेहरु मारमा परेका छन् ।

अमेरिकामा स्वाथ्य संस्थामा काम गर्न जाने स्वास्थ्यकर्मीहरुको भिसालाई भने उच्च प्राथमिकता दिन कन्सुलर सेक्सनहरुmलाई निर्देशन दिइएको छ । ग्रिनकार्डवाहक वा नागरिकका दम्पत्ति वा छोराछोरी, परिवारमा आधारित, रोजगारमा आधारित आप्रवासी भिसाका आवेदक स्वास्थ्य संस्थामा काम गर्न जाने स्वास्थ्यकर्मी भएको खण्डमा र भिसा बुलेटिन अनुशार उनीहरुको भिसा प्राथमिकता मितिभित्र पर्ने भएका उनीहरुलाई तत्काल भिसा जारी गर्न सकिनेछ ।

स्वीकृत भइसकेको आवेदन नेशनल भिसा सेन्टरमा रहेको खण्डमा मा इमेल गरेर तीब्र गतिको अनुरोध गर्न सकिनेछ । अनुरोध गर्दा इमेलमा आवेदकको नाम, जन्ममिति, भिसा पाउने व्यक्तिको नाम र जन्ममिति र इन्भोइस नम्बर उल्लेख गर्नुपर्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com