बेलायतको भिसा काठमाडौंबाटै उपलब्ध गराउन माग


प्रकाशित मिति : भाद्र २९, २०७८ मंगलबार

भिसा समस्याका कारण नेपाल र बेलायतबीच आर्थिक सम्बन्ध विस्तारमा बाधा उत्पन्न भएको भन्दै बेलायतको भिसा नेपालमा रहेको बेलायती दूतावासबाटै उपलब्ध गराउन माग गरिएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बेलायतको भिसा प्रकृया सहज र सुलभ बनाउन आग्रह गरेका छन् ।

काठमाडौंमा बेलायती दूतावास रहेपनि भिसाका लागि भीएफएसमार्फत आवेदन दिनुपर्ने अवस्था रहेको छ भने भिसा दिल्लीबाट उपलब्ध हुँदै आएको छ । झण्डै १४ बर्ष अघि बेलायती दूतावासले स्थापनाकालदेखि उपलब्ध गराउँदै आएको भिसा सेवा बन्द गरेको थियो ।

नेपालको पहिलो कूटनीतिक सम्बन्ध कामय भएको मुलुक बेलायत हो । नेपालले पहिलोपटक सन् १८१६ मा बेलायतसँग कूटनीतिक सम्बन्ध कायम गरेको थियो । त्यतिबेला दक्षिण एसियामा बेलायतको कूटनीतिक सम्बन्ध नेपालसँग मात्र थियो ।

बेलायतले नेपाली व्यवसायीलाई सहज र सरलरूपमा भिसा उपलब्ध गराए द्विपक्षीय व्यापारमा गुणात्मक वृद्धि हुने उपाध्यक्ष ढकालको भनाइ छ । महासङ्घले आज काठमाडौँ स्थित बेलायती दूतावासको अन्तर्राष्ट्रिय व्यापार विभाग र भिसा तथा आप्रवासन विभागसँगको सहकार्यमा आयोजना गरेको ‘बेलायत भिसा र अध्यागमन विषयक अन्तरक्रियामा ढकालले काठमाडौँ स्थित बेलायती दूतावासबाटै निजी क्षेत्रका लागि यूके भिसा उपलब्ध गराउनुपर्ने आवश्यकतामा जोड दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाल र बेलायतबीच आर्थिक सम्बन्धको लामो इतिहास भए पनि द्विपक्षीय व्यापार र लगानीको अहिलेको अवस्था उत्साहजनक नरहेको वरिष्ठ उपाध्यक्ष ढकालले बताएका छन् । नेपाल र बेलायत दुवै मुलुकले आर्थिक सम्भावनाको पूर्ण क्षमताको अनुभूति गर्न नसकेको उनको भनाइ छ । सो अवसरमा ढकालले व्यापार तथा निकासी प्रवर्दन केन्द्रको तथ्याङ्क पेश गर्दै नेपालको वैदेशिक व्यापारमा बेलायततर्फ निकासीको हिस्सा एक दशमलव सात प्रतिशत र आयातमा बेलायतको हिस्सा शून्य दशमलव १६ प्रतिशत मात्र रहेको जानकारी दिए ।

नेपाल र बेलायतबीच रहेको दुई शताब्दी पुरानो द्विपक्षीय सम्बन्धलाई अबका दिनमा निजी क्षेत्रमार्फत उचाइमा पु‍‍‍र्‍याउन सकिने उनको विश्वास छ । नेपाल र बेलायतबीच निजी क्षेत्रको सहयोगको माध्यमबाट बलियो आर्थिक र व्यापार सम्बन्ध रहेको स्मरण गराउँदै उनले यसका लागि महासङ्घसहित ‘नेपाल–बेलायत उद्योग वाणिज्य सङ्घ’ले काम गरिरहेको जानकारी दिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com