अफगानिस्तानमा रहेका १५ सय मध्ये ९०६ नेपाली स्वेदश फिर्ता, ३४ लाई यसै साता ल्याउन पहल


प्रकाशित मिति : भाद्र २८, २०७८ सोमबार

अफगानिस्तानमा रहेका झण्डै १५ सय नेपालीहरूमध्ये ९०६ जना नेपाल आइसकेका छन् भने काबुलमा रोकिएका ३४ नेपालीलाई यसै साता फर्काउन पहल भइरहेको सरकारी भनाई छ । अफगानिस्तानमा अलपत्र परेका ३४ नेपाली नागरिकलाई चार्टर्ड विमानमार्फत नेपाल फर्काउन पहल भइरहेको जनाइएको छ।

अफगानिस्तानबाट स्वदेश फर्केका नेपालीहरु काठमाडौं विमानस्थलमा

अमेरिकी सेनाको फिर्तीसँगै बन्द रहेको काबुल विमानस्थलबाट कमर्शियल उडानहरु पनि सुरु भएका छन् । तालिवानबाट स्वीकृति पाएकाहरुले अहिले ती उडानमार्फत अफगानिस्थान छाडिरहेका छन् । तालिवानको नियन्त्रणपछि पहिलो कमर्शियल उडान विहिबार कतार एयरवेजले गरेको थियो । अगस्ट ३१ मा अमेरिकी सेना फिर्ता भएपछि काबुल बिमानस्थल बन्द रहेको थियो ।

अफगानिस्तानबाट स्वदेश फर्केका नेपालीहरु काठमाडौं विमानस्थलमा

काबुलमा रहेका ३४ नेपालीहरु यस अगाडिको उडानमा छुटेका थिए । उनीहरु सुरक्षित रुपमा नै त्यहाँ रहेको जनाइएको छ । निजी सेक्युरिटी कम्पनीको चार्टर्ड उडानमा नेपाली नागरिकहरू फर्काउन दूतावासले पहल गरिरहेको छ।

अफगानिस्तानबाट स्वदेश फर्केका नेपालीहरु काठमाडौं विमानस्थलमा

संयुक्त राष्ट्रसङ्घ अन्तर्गतका विभिन्न निकायमा कार्यरत ४६७ नेपालीमध्ये ४२४ जना अफगानिस्तानमा नै रहेका छन् । ४३ जना नेपालीहरु भने विदामा आएका थिए । बिदामा आउन चाहेका थप १ सय जना नेपालीलाई पनि नेपाल ल्याउने पहल भइरहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अफगानिस्तानबाट स्वदेश फर्केका नेपालीहरु काठमाडौं विमानस्थलमा

नेपाली नागरिकहरूका लागि जोखिम कायमै रहेकाले अफगानिस्तानबाट बिदामा आएकालाई अहिले नै फर्किन सहमति दिन नसकिने वैदेशिक रोजगार विभागको भनाई छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com