युएससीआईएसमा बायोमेट्रिक अप्वाइन्टमेन्ट छुट्यो, अब के गर्ने ?


प्रकाशित मिति : भाद्र २४, २०७८ बिहीबार

अमेरिकामा युएससीआईएसमा तपाईले ग्रिनकार्ड, नागरिकता वा अन्य कुनै अध्यागमन सुविधाका लागि आवेदन दिनुभएको छ भने बायोमेट्रिक दिनु आवश्यक हुन्छ । युएससीआईएसले तपाईलाई कुन दिन, कुन समयमा कुन केन्द्रमा उपस्थीत हुने भन्ने विवरणसहित बायोमेट्रिकको सुचना पठाएको हुन्छ ।

तर तपाई कुनै कारणवश उक्त दिन उपस्थीत हुन सक्नुभएन भने तपाईले केही कदम चाल्न आवश्यक हुन्छ । अन्यथा युएससीआईएसले आवेदन त्यागेको ठहर गर्दै अस्वीकार गर्ने सम्भावना रहन्छ । बायोमेट्रिक अप्वाइन्टमेन्ट तय भएको दिनमा उपस्थीत हुन नसक्ने भएमा सकभर त्यसको जानकारी युएससीआईएसलाई उक्त मिति अगाडि नै दिनुपर्छ ।

युएससीआईएसले गत मे देखि लागु हुनेगरी फोन मार्फत नै बायोमेट्रिकको नयाँ मिति अनुरोध गर्न सकिने व्यवस्था गरेको छ । विगतमा नयाँ मितिका लागि लिखित रुपमा नै अनुरोध गर्नुपर्ने प्रावधान भएपनि मे देखि युएससीआईएसको सम्पर्क केन्द्रको ८०० ३७५ ५२८३ नम्बरमा फोन गरेर बायोमेट्रिकका लागि नयाँ मिति अनुरोध गर्न सकिने भएको छ । तर अनुरोध गर्दा नयाँ मिति अनुरोध गर्नुपर्नाको राम्रो कारण बताउन आवश्यक हुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बायोमेट्रिकका लागि तय भएको मितिमा कुनै कारणवश उपस्थीत हुन नसकेमा वा उक्त मिति भन्दा अगाडि युएससीआईएसलाई नयाँ मितिका लागि सम्पर्क गर्न नसकेमा तपाईले तत्कालै बायोमेट्रिकका लागि तय भएको आवेदन सहायता केन्द्रमा गएर यसबारे जानकारी गराउन सक्नुहुनेछ । तपाईले बायोमेट्रिकको मिति किन छुटाउनुभयो भन्ने अधिकारीलाई जानकारी गराउनुपर्छ । मिति गुज्रेको धेरै दिन नभएको खण्डमा आवेदन सहायता केन्द्रका अधिकारीले तपाईको बायोमेट्रिक लिनसक्छन् । वा नयाँ मिति दिन सक्छन् । तर यसरी जाँदा तपाईको बायोमेट्रिक लिने ग्यारेन्टी नै भने हुँदैन ।

यदि तपाईको बायोमेट्रिकको मिति गुज्रिसकेको छ र तपाई आवेदन सहायता केन्द्रमा जानसक्ने अवस्था पनि छैन भने तपाईले तत्कालै युएससीआईएसको सम्पर्क केन्द्रमा फोन गरेर यसबारे जानकारी दिनुपर्छ । राम्रो कारण पेश गर्न सकेको खण्डमा युएससीआईएसले बायोमेट्रिकको नयाँ मितिसहितको पत्र पठाउनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com